Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एबिएम स्कूललाई आइएसओ प्रमाणपत्र प्रदान

प्रभातफेरी अनलाइन ४९६ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३२, सोमबार (१ साल अघि)
Post Thumbnail

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाभरीमा पहिलोपल्ट आदर्श विद्या मन्दिर (एविएम) स्कूल बनेपाले एक औपचारिक कार्यक्रमका वीच आइएसओ प्रमाण पत्र प्राप्त गरेको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमका विच उक्त लोगो विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । आइएसओ लोगोले विद्यालयको गुणस्तरिय शिक्षालाई मान्यता दिन्छ । आइएसओ २१००१ शैक्षिक संस्थाहरूका लागि अन्र्तराष्ट्रिय मानक हो, जसले शैक्षिक संस्थाहरूमा सिक्ने र सिकाउने माध्यमहरूका लागि मार्गनिर्देश गर्दछ ।
गुणस्तरिय शिक्षाका लागि आइएसओ प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले एविएम स्कूलले राम्रो शिक्षा प्राप्त गर्न हाम्रा बालवालिकाहरू विदेशिनुपर्ने अवस्थाको अन्त्य गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले ज्ञान सिप र प्रयोगबाट नैतिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको पाइएको उल्लेख गर्दै व्यावहारिक, प्रयोगात्मक र रोजगारमूलक शिक्षा नभएकै कारण देश वेरोजगारको कारखानाजस्तो भइरहेको प्रसंग उल्लेख गर्नुभएको थियो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले एविएम स्कूलले राम्रो शिक्षण कार्य गरेर प्रशंसनीय काम गरेकोमा सह्राना गर्दै बनेपाका सबै सामुदायिक विद्यालयले आइएसओ प्रमाणपत्र लिनसक्ने अबस्थामा पु¥याउन आफू हरसम्भव लाग्ने बताउनुभएको थियो । भर्खरै सार्वजनिक एसइईको नतिजामा काभ्रे जिल्लामा आधा विद्यार्थी अनुत्तीर्ण भएकोमा चिन्ता व्यक्त गर्दै एविएमले सतप्रतिशत विद्यार्थीलाई विशिष्ट श्रेष्णीमा उतिर्ण गराउन सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सीका प्रमुख एवं आइएसओका प्रतिनिधि शैलेन्द्र खरेल, आइएसओका प्रतिनिधि रामहरी रिजाल, राज खतिवडा, प्याब्सनका केन्द्रिय महासचिव भिमसेन केसी, विभिन्न विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख र अभिभावकहरूको कार्यक्रममा उपस्थिती थियो । एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले २०६० सालदेखि नै विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभएको थियो । आइएसओ प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि र अभिभावकहरूको उल्लेख्य सहभागिता थियो ।
यस विद्यालयमा २० वटा सिक्ने विधि अर्थात माध्यमबाट १५ वटा सिकाई विधिलाई अवलम्वन गरिएको छ । सिकाई विधिको सूची (LLM) मा व्याख्यान, छलफल, अनुभव अदानप्रदान, समस्यामा आधारित शिक्षा (पीविएल), परियोजनामा आधारित सिकाई, साथीहरूसँगको अध्यापन, कक्षा कोठा बाहिर निर्देशानात्मक सामाग्रीको प्रयोग, आत्मनिर्देशित सिकाई जसमा रुचीका विषयहरूलाई अध्ययन अन्वेषण गरिन्छ र साझा सिकाई अर्थात टिम वर्क, खेलमा आधारित सिकाई, अनलाईन सिकाई, बहुसंवेदनशिल सिकाई, श्रव्यदृश्यबाट सिकाई र भूमिका निर्वाहलाई प्राथमिकतामा राखिएको छ ।
सिक्ने विधिको सूची (LLA) मा पाठ्यपुस्तक र कार्यपुस्तकहरू, कार्यपत्रहरू, भौतिक सामाग्रीको प्रर्दशन, स्मरणका लागि शव्द वा संख्याका कार्डहरू, शज्दावलीका कार्ड तथा तालिकाहरू, कार्यशाला, सन्दर्भ पुस्तकहरूको आदानप्रदान, पोष्टर र ग्राफिक्स पुस्तक उपन्यासहरू, शैक्षिक खेलहरू, विद्युतिय पाठ्यक्रम तथा शैक्षिक सामाग्री, गतिविधि पुस्तकहरू, श्रव्य दृश्य र शैक्षिक सामाग्री, पत्रपत्रिकाहरू, प्रयोगशाला, चलचित्र, टेलिभिजन प्रर्दशन, पोष्टकार्ड नक्सा, घटना अध्ययन र सिफारिस गरिएका अध्ययन सामाग्रीलाई माध्यमका रुपमा राखिएको थियो ।
सिक्ने र सिकाउने विषयलाई विषय शिक्षकले वार्षिक योजना बनाएर निभिड गुरु नाम सफ्टवेयरमा भर्नुका साथै कार्ययोजना पुस्तकमा समेत उल्लेख गर्नुपर्छ । हरेक विद्यार्थीको सम्पूर्ण विवरणलाई विषय शिक्षकले सफ्टवेयरमा भरेपछि सम्वन्धित निकायले हरेक दिन विद्यार्थीको मूल्यांकन गर्ने गर्दछ । कुन माध्यमबाट कहिले कसरी पढाउने हो ? र त्यो दिन कक्षा कोठामा कति जना विद्यार्थी छन् ? भन्ने कुरा शिक्षकले कक्षा कोठा बाहिर रहेको बोर्डमा लेखेर कक्षा कोठामा प्रवेश गर्नुपर्छ ।
विद्यालयहरू मध्येमा गुणस्तरिय शिक्षा प्रदान गरिएको छ कि छैन भन्ने अभिभावकहरूमा रहेको अन्यौलतालाई आइएसओले मापन गर्दछ । गुणस्तरको मापन र जोखिम व्यवस्थापनका लागि समस्याको पहिचान, विश्लेषण र व्यवस्थापनमा यसको महत्वपूर्ण भूमिका रहन्छ । यसमा माइक्रोसफ्ट, ओराकल र साप सफ्टवेयरहरू प्रयोग गरिन्छन् । हरेक दिन परामर्श फारामहरूमार्फत समस्याको समाधानमा यसले मद्दत गर्दछ । विद्यालयमा परिक्षा सकिएको केही मिनेटमा नै परिक्षाफल प्रकाशन गर्नदेखी विद्यार्थीको अवस्था बुझ्नका लागि यो फलदायी देखिएको छ । बनेपा नपा – ११ हाइटमा रहेको आर्दश विद्या मन्दिरमा कक्षा १२ सम्मको पढाई हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0