Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इतिहासकार केदारनाथ प्रधानको ३० औं स्मृतिसभा सम्पन्न

प्रभातफेरी अनलाइन ५१२ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
इतिहासकार केदारनाथ प्रधानको ३० औं स्मृतिसभा सम्पन्न

साउन ६, बनेपा । इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको ३० औं स्मृति दिवस आज काभ्रे बहुमुखी क्याम्पसको सभाकक्षमा प्रतिष्ठानका संरक्षक मोहन दुवालबाट दीप प्रज्वलन गरी शुभारम्भ भयो । प्राङ्गणमा रहेको केदारनाथ प्रधानको प्रतिमामा माल्यार्पण गरी सुरु भएको उक्त स्मृति सभाका सभापतित्व प्रतिष्ठानका अध्यक्ष कमला कायस्थले गर्नुभएको थियो ।
संरक्षक मोहन दुवालले ‘इतिहासकार केदारनाथ प्रधान बनेपाका गौरवशाली नाम बनिसकेका विभूति बनिसक्नुभयो । इतिहास लेखनमा आफ्नै नाम बनाउन सफल इतिहासकार, शिक्षणसेवामा काभ्रे बहुमुखी क्याम्पसजस्तो ऐतिहासिक क्याम्पसको स्थापना गर्नुभएर शिक्षामा प्रकाश बाल्नुभएका शिक्षासेवी तथा समाज रुपान्तरणका लागि जीवन प्रदान गर्नुभएका सामाजिक अभियन्ता उहाँ विविध क्षेत्रका ऐतिहासिक प्रतिभा हुनुभयो ।’ – उहाँले भन्नुभयो ।
काभ्रे बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सदस्य लम्बोदर कायस्थको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख केजी बयदारले ‘सम्मानित हुनुहुने नृत्यनिर्देशक तथा कलाकार मोहन तौजलेले नृत्यकलामा पु¥याउनुभएको योगदानको परिचय गराउँदै नृत्यक्षेत्रमा काभ्रे जिल्लामा नै उहाँले आफूलाई स्थापित तुल्याई सक्नुभएको छ’, सन्दर्भ कोट्याउनुभयो ।
उक्त कार्यक्रममा सप्तकाजी बुद्धाचार्य, राजु सरकार, लेखनाथ गुरागाईं, गोपालचन्द्र पोखरेल, खेमराज निरौला, कृष्णप्रसाद सापकोटाहरुले केदारनाथ प्रधानको गरिमामय व्यक्तित्वको संस्मरण सुनाउनुभयो । सम्मानित व्यक्तित्व मोहन तौजलेले सम्मानित हुन पाउँदा नृत्यक्षेत्रमा उपलब्धीपूर्ण कार्य गर्न थप हौसला प्राप्त भएको र गौरव महसूस भएको आफ्नो भावपूर्ण अभिव्यक्ति पोख्नुभयो । सभापति कमला कायस्थले नयाँ सदस्यहरुमा शिला कतिला र रबिन्द्र श्रेष्ठलाई सदस्यमा थप गरिएको, कमलकृष्ण जोशीलाई मानार्थ सदस्य राख्ने समितिको निर्णय भएको निर्णय सुनाउँदै र केदारनाथ प्रधान स्मृतिग्रन्थका लागि लेख–रचना पठाई दिनुहुन सबैलाई अनुरोध गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0