Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दशौं हजार कन्याहरु पुजिए, फराकिलो बन्दै कन्या पूजा

प्रभातफेरी अनलाइन २६७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार (१ साल अघि)
दशौं हजार कन्याहरु पुजिए, फराकिलो बन्दै कन्या पूजा

काभ्रे । धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिएको कृष्ण जन्माष्टमीको अवसरमा मुलुकका विभिन्न स्थानमा कन्याहरुलाई पुज्ने परम्परा अनुसार काभ्रे जिल्लामा पनि यो संस्कारलाई अझ बलियोसँग स्थापित गर्ने काम भएको छ । यो परम्परा नेवारी समाजमा मात्र सीमित भएकोमा केही वर्षदेखि समग्र रुपमा सबै समुदायले कन्या पूजालाई महत्वपूर्ण पर्वका रुपमा लिएर मनाउँदै आएका छन् ।
हिजोको जस्तो नेवार समुदायमा मात्र सीमित नभई यसले बृहत् रुपमा आफूलाई फराकिलो दायरामा लगेको छ । यसले धर्म, संस्कृति, परम्पराको संवद्र्धन र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय बौद्धिक व्यक्तित्वहरुको ठम्याई छ । आज प्रत्येक टोल–टोलमा यो संस्कारलाई स्थापित गर्नुपर्छ भन्ने युवाहरु नै क्रियाशील भएर अगाडि बढ्नु सकारात्मक पक्ष रहेको सामाजिक व्यक्तित्व कमल बहादुर बस्नेत बताउनुहुन्छ ।
जिल्लाको अधिकांश बस्तीहरुमा यो पटक कन्याहरु पुजिएका छन् । यो परम्परा एक सय चौध वर्षअघिदेखि सुरु भएको शिक्षाविद् प्रेमबहादुर प्रधानले बताउनुभएको छ । कन्या पूजाको आफ्नै महत्व मात्र नभई नारीप्रति गरिने सम्मानको एउटा रुप पनि हो । दैविक शक्तिका रुपमा देवीहरुलाई पुज्नुको महत्व कन्या पूजाले प्रष्ट्याउँछ । सोही अनुरुप यो वर्ष पनि १०औं हजार कन्याहरुलाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुजिएको छ ।


जिल्लाका बनेपा, पनौती (सुब्बागाउँ, दुधमिल, खोपासी, एपाटार, रयाले) धुलिखेल, पाँचखाल, दाप्चा, नाला, साँगा, श्रीखण्डपुर, जनागाल, कुशादेवी, ढुंखर्क, दोलालघाट, शंखु लगायतका स्थानहरुमा कन्याहरू पुजिएका छन् । बनेपामा मात्र ७ हजार कन्याहरू पुजिएको सनातन कन्या पूजा प्रबन्ध समिति काभ्रेका उपाध्यक्ष सुरकृष्ण वैद्यले संवादको क्रममा जानकारी गराउनुभएको छ ।
किंवदन्ती अनुसार नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालबालिकाहरूलाई कन्याको रूपमा पूजा गर्ने गरिन्छ । कन्याहरूलाई पूजा गर्दा कन्याहरू निरोगी हुने, सुख सम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको छ ।
वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरू पुज्ने पर्व हो । कन्याहरूको लाममा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्य देवीहरु मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ ।
सनातन कन्या पूजा प्रबन्ध समिति तथा ब्यक्तिगत गरि देशभरबाट आएका दाताहरूले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुट लगायतका सामान दान दिइने गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरू आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0