Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेरेसो काभ्रे शाखा निर्वाचनको चटारोमा

प्रभातफेरी अनलाइन २१८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
नेरेसो काभ्रे शाखा निर्वाचनको चटारोमा

काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको यही आश्विन १४ गते हुने निर्वाचनप्रति लक्षित गर्दै सभ्य र भव्य ढंगबाट कसरी निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्नेमा शाखा समर्पित भएको नेरेसो काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईंले बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (सत्रौं २०७५ सहित) को परिच्छेद १० तथा नेपाल रेडक्रस निर्वाचन नियमावली, २०४९ (तेस्रो संशोधन २०७५ सहित) बमोजिम २०८१ असोज १५ गतेदेखि २०८३ भाद्र मसान्तसम्म २ वर्ष कार्यावधिका लागि २०८१ असोज १४ गते नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको कार्यसमितिको सभापति पद १, महिला उपसभापति १, खुल्ला उपसभापति १, मन्त्री पद १, कोषाध्यक्ष पद १, उपमन्त्री पद १, उपकोषाध्यक्ष पद १, महिला सदस्य पद ३, खुल्ला सदस्य पद ७ गरी जम्मा १७ पदका लागि हुने निर्वाचन कार्यक्रमले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा चटारो छाएको छ ।
शाखा सभापति हुमागाईंका अनुसार नेरेसो केन्द्रीय कार्यालयबाट प्राप्त सर्कुलर बमोजिम जिल्ला शाखाले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । शाखासँग आबद्ध उपशाखाहरुबाट प्राप्त प्रतिनिधिहरुको अन्तिम नामावली प्राप्त गरी कार्यतालिकालाई सार्वजनिक गरिसकेको छ ।
आजसम्म आइपुग्दा निर्वाचनको महत्वपूर्ण पक्ष जिल्ला प्रतिनिधिहरुको अन्तिम नामावली समेत प्रकाशित भइसकेको छ भने अब निर्वाचनका बाँकी कार्यक्रमहरु अगाडि बढिसकेका छन् । जसअनुसार मतदाता नामावली उपर दाबी विरोध, दाबी विरोध उपर जाँचबुझ, जाँचबुझ पश्चात् अन्तिम नामावली प्रकाशन, उम्मेदवारीको मनोनयन दर्ता, उम्मेदवारी मनोनयनमाथिको दाबी विरोध, दाबी विरोध माथि जाँचबुझ, संशोधित नामावली प्रकाशन, उम्मेदवारीको अन्तिम नामावली प्रकाशन, मतदान र मत गणना समेतको कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरिसकेको सभापति हुमागाईंले जानकारी गराउनुभएको छ ।
हुमागाईंका अनुसार नेपालको मात्र नभई विश्वमै मानवीय संस्थाको रुपमा परिचित रहेको नेपाल रेडक्रस सोसाइटीको नेतृत्व त्यस्तो व्यक्तिले गरोस् जो राजनीतिकदेखि सबै दलीय आचरणभन्दा आफूलाई माथि राखेर सेवा भावना भएको व्यक्ति चयन होस् भन्ने चाहना आफूले राखेको बताउनुभएको छ ।
आसन्न आश्विन १४ गते हुने निर्वाचनमा सर्वपक्षीय ढंगबाट नेतृत्व चयनका लागि आफ्नो भूमिका रहेको चर्चा गर्नुहुँदै सभापति हुमागाईं थप्नुहुन्छ– नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको विनाशकारी भूकम्प होस् या कोरोना अवधिमा पु¥याएको मानवीय सेवाको विश्व समुदायले उच्च सम्मानका साथ हेरिरहेको छ । तसर्थ पनि त्यो साखलाई आँच नआउने किसिमको नेतृत्व नेरेसो काभ्रे शाखासँग आबद्ध रहेका रेडक्रसप्रेमीहरुले अपेक्षा गरेका छन् । शाखाको नेतृत्व गर्न आउनेहरु नितान्त मानवीय सेवामा जोडिएका हुन्छन् । यहाँ केही पाउँछु भनेर होइन, केही दिन्छु भनेर आउने हो । त्यसैले मानवीय सेवाको उच्च अभिलाषा बोकेका नेतृत्वहरुले रेडक्रसको जिम्मेवारी बहन गरुन् भन्ने आकांक्षा आफ्नो रहेको हुमागाईंले संवादका क्रममा खुलासा गर्नुभएको छ । जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलका अनुसार काभ्रे जिल्ला शाखासँग आबद्ध रहेका ३२ वटा उपशाखाबाट १ सय ८२ जना मतदाताहरुले आश्विन १४ गते मतदान गर्ने बताउनुभएको छ ।
सभापति हुमागाईंले मानवीय भावनाबाट ओतप्रोत भएका प्रबुद्ध वर्गले नेतृत्व गर्नुपर्छ भनिरहँदा अहिले आएका १ सय ८२ जना प्रतिनिधिहरुमा १ सय १० भन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु नै रेडक्रस प्रतिनिधि बनेर नेतृत्व गर्ने हैसियतमा छनौट भएको रेडक्रसकर्मीहरुले बताइरहेका छन् । रेडक्रसको इतिहासमा यति धेरै नेपाली कांग्रेस आबद्ध प्रतिनिधि छनौट भएर आएको तथ्यले पुष्टि गरेको छ । यो प्रतिशत न हिजो थियो न भोलि हुन्छ भन्छन् रेडक्रससँग सरोकार राख्ने अभियान्ताहरु । स्रोतका अनुसार प्रतिनिधिमुलक ढंगबाट हेर्ने हो भने नेपाली कांग्रेस पहिलो पंक्तिमा छ भने अन्य राजनीतिक शक्तिहरुमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी र अन्य छिटफुट रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0