Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी

प्रभातफेरी अनलाइन २३८ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्रा.डा. जैनुद्धिन अन्सारी निर्वाचित हुनु भएको छ । शुक्रबार कलेजको २४ औं वार्षिक साधारण सभाले सफल मेडिकल व्यवसायी, सर्जन समेत रहेका प्रा.डा. अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
लामो समयदेखि कलेजका अध्यक्ष रहनु भएका डा. भोला रिजालले प्रा.डा. अन्सारीलाई अध्यक्षको पदभार गराउनुभएको हो । पछिल्लो समय कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आउनु भएका प्रा.डा. अन्सारीको कुशल कार्य क्षमता, दक्षता र नेतृत्व देखेर साधारण सभाले अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । प्रा.डा. अन्सारीसँगै साधारण सभाले डा. आनन्द प्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
अध्यक्ष पदमा निर्वाचित भएपछि बोल्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाई र सफलतामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफु मोफसलमा रहेर लामो समयसम्म मेडिकल कलेज चलाउँदा हासिल गरेको अनुभवलाई नेपाल मेडिकल कलेजको व्यवस्थापनमा उपयोग गर्ने बताउँदै अहिले निर्वाचित भएको सञ्चालक समितिमा पुराना साथीहरु नै हुनुहुन्छ । पद त आउँछ जान्छ, तर, तपाई हामीहरु एकै ठाउँमा हुनुपर्छ । मलाई थप जिम्मेवारी र उद्देश्य प्राप्त भएको छ । यहाँहरुले गर्नु भएको विश्वासप्रति प्रा.डा. अन्सारीले आभार प्रकट गर्नुभएको छ ।
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षामा उत्साहजनक सुधार भएको बताउँदै प्रा.डा. अन्सारीले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटि, एमआरआई लगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरु विस्तार गर्ने बताउनुहुँदै तपाईहरु धैर्य गर्नुहोस् नेपाल मेडिकल कलेज आगामी दिनमा अझ राम्रो बनाएर लैजान्छौं ।’ प्रा.डा. अन्सारीले कलेज स्थापनामा योगदान पुर्याउने संस्थापकहरुलाई धन्यवाद दिँदै भन्नुभएको छ ।
उहाँले नेपालको मेडिकल शिक्षालाई ध्वस्त बनाउन खासगरी निजी क्षेत्रबाट सञ्चालन भइरहेका मेडिकल कलेजहरु विगार्न ठूलै सड्यन्त्र भइरहेको बताउँदै त्यसका विरुद्ध सशक्त ढंगले अगाडी बढ्नु पर्ने जिकीर गर्नुहुँदै अहिले नेपालमा सबै विद्यार्थीहरु विदेश जाउन् नेपालमा नपढुन् भनेर लागेका छन् । नेपाली मेडिकल कलेज बन्द हुन् भनेर राज्य संयन्त्र नै लागेका छन् त्यसलाई चिर्न हामी एकबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समय चिकित्सा शिक्षा आयोगले पिजीहरुलाई दिने भत्ता सुविधा बढाउन दवाव दिएको तर, शुल्क बढाउन नदिएकाले सम्पूर्ण नीजि मेडिकल कलेजहरुले यस पटक पीजीको सिट संख्या नमागेको जिकीर गर्नुभएको छ । आयोगले पीजीलाई मासिक ५० हजार भत्ता दिनुपर्ने निर्णय गरेपनि २३ लाख मात्र शुल्क लिएर ३ वर्षसम्म पढाउन नसकिने भन्दै प्रा.डा. अन्सारीले एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेण्टल कलेज अफ नेपाल’ ले भनेअनुसार शुल्क लिन पाउनुपर्ने बताउनुभएको छ ।
यस्तै साधारण सभालाई सम्बोधन गर्दै कलेज सञ्चालक सदस्य डा. भोला रिजालले संस्थापक अध्यक्ष डा. सच्चे कुमार पहारीले २०६७ सालमा कलेजको जिम्मेवारी दिएकोमा आजसम्म विश्वास र सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाल मेडिकल कलेजको गौरबपूर्ण इतिहासलाई संरक्षण गर्दै नवनियुक्त अध्यक्षले कलेजलाई नयाँ उचाईमा लैजाने विस्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले प्रा.डा. अन्सारी नेतृत्वको टीमले कलेजको व्यवस्थापन सम्हालेपछि स्वास्थ्य सेवा, मेडिकल शिक्षासँगै कलेजको आर्थिक र व्यवस्थापकीय पाटो बलियो भएर गएको बताउनुभएको छ ।
त्यसैगरी अर्का सञ्चालक सदस्य तथा डाइरेक्टर डा. साविहा यासमिनले कलेज व्यवस्थापनको जिम्मेवारीमा आफुहरु रहेपछि संस्थालाई सही ढंगले सञ्चालन गर्न सम्पूर्ण शेयर सदस्य, डाक्टर, नर्स तथा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेकोले आवश्यक सल्लाह सुझावहरु दिइरहनु अनुरोध समेत गर्नुभएको छ । उहाँले कलेजको ३ वर्षयता सुधारका धेरै कामहरु भएको बताउँदै ३ वर्षको अवधिमा व्यवस्थापकीय र स्वास्थ्य सेवामा सुधार गरेका बताउनुभएको छ । याससमिन थप्नुहुन्छ– फिलिप्सको क्याथ ल्याब सुरु गर्न गइरहेका छौं । सिटी र एमआरआई पनि सुरु गर्न गइरहेका छौं । डेण्टलको नयाँ भवन सुरु भइसकेको छ । नेपाल मेडिकल कलेजमा काम गर्दा मैले जुन साथ र सहयोग पाइरहेको छु भविष्यमा पनि पाउने आशा गरेको बताउनुभएको छ ।
कलेजका सञ्चालक समिति सदस्य शाहनवाज अन्सारीले नेपाल मेडिकल कलेजको विकास, विस्तार र व्यवस्थापनमा सबैको उत्तिको ठूलो भूमिका रहने बताउँदै ३ वर्षको दौरानमा पाएको साथ र सहयोग आगामी दिनमा पनि प्रदान गर्न अनुरोध गर्दै आफुहरु सदैव सकारात्मक सोच बोकेर अगाडी बढ्ने बताउँदै उहाँले सञ्चालक सदस्यहरुसँग सम्पूर्ण कलेज परिवारबाट राम्रो साथ पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । २०५४ साल फागुन २५ गते स्थापना भएको यस कलेजमा मेडिकल शिक्षाका एमविविएस, विडिएस, एमडि÷एमएस, एमडिएस, विएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवा तर्फ कलेजले नविनतम स्वास्थ्य उपकरण सहित विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0