Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पर्यटन दिवसमा हेरिटेज पासपोर्ट सार्वजनिक

प्रभातफेरी अनलाइन ४७३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
पर्यटन दिवसमा हेरिटेज पासपोर्ट सार्वजनिक

काभ्रे । ऐतिहासिक धार्मिक नगरी पनौती प्रवेश गर्ने पर्यटकहरुका लागि ‘हेरिटेज पासपोर्ट’ को व्यवस्था सहित पर्यटकहरुका आकर्षकका लागि विभिन्न गन्तव्य पहिचान गरिएको नक्सा समेत कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वमन्त्री प्रदेश सभा सदस्य तिर्थ लामाले एक समारोहका बीच शुक्रबार सार्वजनिक गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वमन्त्री प्रदेश सभा सदस्य लामाले ती सामाग्रीले पनौतीको पर्यटन विकासको लागि आधार तय भएको र पनौतीलाई सबैको प्रयासमा विश्वभर चिनाउन सकिने भन्दै पूर्वमन्त्री लामाले वाग्मती प्रदेशले यसमा सघाउने बताउनुभएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले स्थानीयको उत्साह कायमै रहे र पुरातत्व विभाग लगायतका निकायले साथ दिए पनौतीलाई छिट्टै विश्व सम्पदा सुचीमा सुचिकृत गर्न सकिने तर्क राख्नुहुँदै सम्पदामैत्री घर र रंगरोगनको लागि नगरपालिकाले सहकार्य गरिरहेको र सम्पदा सूचीको लागि पुन नक्साकंन गर्नुपर्ने बताउनुभएको छ । पनौतीमा पर्यटनको सम्भावना निकै भएको भन्दै प्रमुख भण्डारीले सरसफाई र पर्यटनमैत्री व्यवहारको खाँचो भएको बताउनुभएको छ ।
नेपालमा नै पहिलो प्रयास भएको दाबी गरिएको ‘हेरिटेज पासपोर्ट’ पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले गर्नुभएको छ । ‘पासपोर्ट’ मा पनौती नगरपालिकाबारेका विभिन्न तथ्य, ऐतिहासिक, सास्कृतिक महत्वका साथै विभिन्न स्थानबारे जानकारी र जात्रा, पर्वसहित घुम्न सकिने स्थानका साथै नक्सा पनि राखिएको सोही कार्यक्रममा जानकारी गराइएको छ ।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष कर्माचार्यले पर्यटकको सहजतासँगै बढी भन्दा बढी पर्यटक भित्राउन यसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुहुँदै ‘हेरिटेज पासपोर्ट’ संंगै पनौतीबारे थप जानकारी दिन ‘हेरिटेज गाइड बुक’, ‘हेरिटेज म्याप’ तयार गरी प्रकाशन गरिएको बताउनुभएको छ । ‘हेरिटेज गाइड बुक’ मा पनौतीका १२ वटै वडामा रहेका पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराउँदै पर्यटक एम्बुलेन्सको आवस्यकता महशुस गर्दै सहयोगको लागि प्रदेश र संघ सरकारलाई अध्यक्ष कर्माचार्यले अनुरोध समेत गर्नुभएको छ ।
पनौती र आसपासका अन्य पर्यटकीय स्थान र होमस्टेबारे जानकारी पासपोर्टमा रहेको क्युआर स्क्यान गरेर लिन सकिने केन्द्रका सदस्य रहेका फोटो पत्रकार प्रशान्त श्रेष्ठले सम्बोधनका क्रममा जानकारी दिनुभएको छ । श्रेष्ठले नगरमा रहेका सम्पदा, पर्यटकीय क्षेत्रको बारेमा सहजै जानकारी होस्, पर्यटकको सुझावको आधारमा थप योजना बनाउन सकियोस् भनेर हेरिटेज पासपोर्ट शुरुवात गरेका हौं, विश्वका पुराना शहरमा रहेको यो व्यवस्था नेपालमा भने पहिलो रहेको बताउनुभएको छ ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष सविन ताम्राकार, पनौती पर्यटन विकास केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैंजु, केन्द्रका उपाध्यक्ष विकास होराजु, महासचिव सिजन सुद्धाकार लगायतले पनौतीको पर्यटन र सम्पदा संरक्षणबारे चर्चा गरिएको छ । पनौती पर्यटन विकास केन्द्रले सामाजिक उद्यमी अनिल चित्रकार, भित्ते चित्र निर्माण गर्ने आयुष बज्राचार्य, पनौती लायकु धिमे खलः लगायत पर्यटन विकासको क्षेत्रमा अनुकरणीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई पनि सम्मान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0