Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

देवेन्द्र भैलको नेतृत्वमा जिल्ला रेडक्रस

प्रभातफेरी अनलाइन २२० पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
देवेन्द्र भैलको नेतृत्वमा जिल्ला रेडक्रस

काभ्रे । आइतबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा निर्वाचनबाट देवेन्द्रप्रसाद भैल सभापतिमा निर्वाचित हुनुभएको छ ।
जिल्ला शाखा कार्यसमितिको लागि भएको निर्वाचनमा भैलको टिम नै निर्वाचित भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी आफ्नै पार्टीका नेता विदुरप्रसाद घिमिरेलाई ३८ मतले हराउँदै भैल सभापतिमा निर्वाचित भएका हुन् । भैलले १ सय ३ मत प्राप्त गर्दा घिमिरेले भने ६५ मतमा चित्त बुझाउनु परेको छ ।
त्यस्तै महिला उपसभातिमा पुष्पा खड्का बस्नेतले ९५ मत र खुल्ला उपसभापतिमा ज्ञान बहादुर तामाङले १०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । समितिको मन्त्री (सचिव) मा राजु सिग्देलले १०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा प्रेम कुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ भने उपमन्त्री (सहसचिव) मा प्रदिप केसीले १०६ मत र उपकोषाध्यक्षमा विनोद कोइराला १०५ मत प्राप्त गरी विजयी हुनुभएका हुन् ।
महिला सदस्यहरुमा सजिना श्रेष्ठ, भवानी केसी र शान्ति खत्री निर्विरोध हुनुभएका छन् भने खुल्ला सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधव प्रसाद नेपाल, विल बहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ र जगन्नाथ गिरी विजयी हुनुभएको हो ।
रेडक्रसको नयाँ समितिको लागि भैल र घिमिरे नेतृत्वको दूई समूहले प्रतिस्पर्धा गरेको निर्वाचनमा १८२ सदस्य रहेकोमा १७६ मत खसेको थियो । मतपरिणाम घोषणापछि निर्वाचित सबै सदस्यहरूलाई सपथ ग्रहण गराइएको कार्यक्रममा शाखाका नवनिर्वाचित सभापति देवेन्द्र भैलले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निवर्तमान सभापति रघुनाथ हुमागाईं, पुर्वमन्त्री उद्धव पौडेल लगायतले कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्मरण रहोस्, नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको इतिहासलाई केलाउने हो भने राजनीतिक रुपमा नेपाली कांग्रेस निकट अभियान्ताहरुको वर्चश्व कायम भएको पाइन्छ । जसको उदाहरण निकटतम प्रतिद्वन्द्वी विदुर प्रसाद घिमिरे यसअघि पनि प्रतिस्पर्धामा होमिएका थिए । त्यो अवस्था र अहिलेको अवस्थामा मतदाताहरु केलाउने हो भने रघुनाथ हुमागाईंले रेडक्रसको इतिहास केलाउँदा नेपाली कांग्रेसमा आफूलाई सुनौला अक्षरले कोरेको स्पष्ट आभाष दिलाएका छन् । यसबाट सामाजिक क्षेत्रमा नेपाली कांग्रेसको उपस्थितिलाई कमजोर रुपमा आँकलन गर्नु मुर्खता हुने सरोकारवालाहरुले व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0