Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्तन क्यान्सरको लागि चेतनामूलक अभियानमा र्याली

प्रभातफेरी अनलाइन ५९४ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक १६, शुक्रबार (१ साल अघि)
स्तन क्यान्सरको लागि चेतनामूलक अभियानमा र्याली

काभ्रे । नेपालको सन्दर्भमा महिलाहरुमा देखा पर्ने दोस्रो नम्बरमा पर्ने स्तन क्यान्सरका बारेमा अझै पनि नेपाली महिलाहरु सचेत हुन सकिरहेका छैनन् । स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो । नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । क्यान्सर सम्बन्धी वास्तविक तथ्यांक अझै पनि सार्वजनिक हुन सकेको छैन ।
सामान्यतयाः अस्पतालहरुमा उपचारार्थ आउने बिरामीहरुको तथ्याङ्कअनुसार महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने स्तन क्यान्सर भएको देखाउँछ । स्तन क्यान्सर सरुवा रोग होइन । तर केही स्तन क्यान्सर वंशानुगत (१० प्रतिशत भन्दा कम) हुन सक्छ ।
शरीरको अन्य कुनै अंग जस्तै स्तन पनि खास कार्य गर्नलाई विभिन्न कोषहरुले बनेको हुन्छ । स्तन शरीरको बाहिरी भागमा रहेकोले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ । तर कुनै किसिमका कोषहरु अनावश्यक रुपमा बढ्दै गयो भने यी नयाँ कोषको समुहलाई स्तन ट्युमर अथवा गाँठो भनिन्छ । हुन त सबै गाँठाहरु क्यान्सर हुँदैनन्, सबै क्यान्सरको सुरुवात अस्वभाविक रुपमा देखापर्ने गाँठागुठीबाटै लागेको तथ्यले देखाउँछ । अध्ययनअनुसार लगभग १० प्रतिशत गाँठाहरु मात्र क्यान्सर हुन्छन् ।
तर स्तनमा कुनै किसिमका गाँठाहरु भेटियो भने चिकित्सकसँग परामर्स गरी यसको निवारण गर्नु उचित हुन्छ । सायद अज्ञानताको कारणले गर्दा होला, स्तनमा सामान्यतयाः २ किसिमका गाँठागुठीहरु हुनसक्छ । एउटा दुख्छ, अर्को दुख्दैन । नदुख्ने गाँठो भएकै कारण कति महिलाहरु सामान्य रुपमा लिन पुग्छन् र क्यान्सरको सिकार बन्न पुग्छन् । भनिन्छ, क्यान्सर आफंैमा रोग होइन यो साधन मात्रै हो ।
जब क्यान्सरले गर्दा गाँठो ठुलो भई अप्ठ्यारो हुने, फुटेर घाउ हुने तथा क्यान्सर फैलिसकेपछिका लक्षणहरु देखा परेपछि मात्र स्वास्थ्य संस्थामा सम्पर्कमा गएको चिकित्सकहरुको भनाइबाट पुष्टि हुन्छ ।
हुन त क्यान्सरको समस्या विश्वमै बढ्दै गइरहेको छ । यो नेपालको मात्र समस्याको रुपमा नभई विश्वलाई नै आक्रान्त बनाउँदै आएको छ । केही वर्ष पहिलाको आम धारणा के थियो भने क्यान्सर भनेको विकसित देशहरुमा मात्रै हुने समस्या हो । तर वास्तवमा भन्ने हो भने क्यान्सरका बिरामी तथा यसबाट हुने मृत्यु विकसित देशभन्दा विकासोन्मुख देशमा बढी भएको पाइन्छ । विश्वको तथ्याङ्क हेर्ने हो भने लगभग ६० प्रतिशत क्यान्सर विकासोन्मुख देशमा हुने गरेको छ ।
विकसित देशहरुमा भोजन, पानी तथा सरुवा रोगको समस्या छैन र प्रायः मानिसहरु धेरै वर्षसम्म बाँच्ने भएको हुनाले बुढेशकालमा क्यान्सर बढी हुने गरेको देखिन्छ । क्यान्सरलाई विकसित देशहरुमा जनस्वास्थ्यसँग सरोकार विषयका रुपमा लिइन्छ र स्वास्थ्य बजेटको महत्वपुर्ण भाग क्यान्सरको उपचार तथा यसको अनुसन्धानमा खर्च भएको देखिन्छ ।

अहिलेको अवस्थामा नेपालमा कुनै पनि क्यान्सरको वास्तविक तथ्याङ्क दिन गा¥हो भए पनि विभिन्न केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याङ्कलाई हेर्ने हो भने लोग्ने मान्छेमा सबैभन्दा बढी फोक्सोको क्यान्सर र स्वास्नी मान्छेमा पाठेघरको मुखको क्यान्सर पाइएको छ । महिलामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्दछ ।

स्तन क्यान्सरको सम्भाव्य कारक तत्वहरुलाई दुई भागमा बाँड्न सकिन्छ ।
१. हाम्रो बस बाहिरका तत्वहरु जस्तै महिला, उमेर, जाति, महिनावारी, पारिवारिक तथा वंशानुगत गुण आदि ।
क) स्तन क्यान्सर प्रायजसो महिलामा हुने गर्दछ । कहिलेकाहीं पुरुषमा पनि १ प्रतिशत स्तन क्यान्सर हुन्छ । नेपालमा स्तन क्यान्सर ३० वर्षदेखि ५० वर्षको उमेरका महिलामा सबैभन्दा बढी ६० प्रतिशतसम्म देखिन्छ । हुन त स्तन क्यान्सर जुनसुकै उमेरमा हुनसक्छ । त्रिवि शिक्षण अस्पताल, सर्जरी विभागको एक रिपोर्टअनुसार स्तन क्यान्सरको औसत उमेर ३७ वर्ष हो । यो उमेर पश्चिमी मुलुकहरुको तुलनामा ज्यादै नै कम हो ।

ख) महिनावारी चाँडो हुनु तथा ढिलो बन्द हुनुले क्यान्सरको सम्भावना बढ्छ ।

ग) पारिवारिकः आफ्नै आमा, दिदीबहिनी तथा छोरीलाई स्तन क्यान्सर हुनु पनि स्तन क्यान्सरको सम्भावना कारक तत्व मानिन्छ । अध्ययन प्रतिवेदनअनुसार २ प्रतिशत बिरामीमा पारिवारिक सम्बन्धका कारणबाट क्यान्सर भएको पाइन्छ ।

२. ध्यान नदिँदा जस्तै खानेकुरा, शारीरिक व्यायम तथा वानीव्यहोरा आदि ।
क) दैनिक व्यायाम नगर्ने मोटा महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । खासगरी महिनावारी बन्द भइसकेपछि मोटा महिलामा भने स्तन क्यान्सरको सम्भावना बढेर जान्छ ।

ख) खाद्य पदार्थः बोसो बढी भएको खाद्य पदार्थ तथा अत्याधिक रक्सी सेवन गर्ने महिलामा स्तन क्यान्सर हुने सम्भावना बढ्छ । हरियो सागपात तथा फलफुलको सेवनले यो सम्भावना घटेर जान्छ ।

ग) ढिलो बच्चा पाउनु (४० वर्षभन्दा पछि) तथा बच्चा नपाउनु र स्तनपान नगराउनु आदि प्रजनन सम्वन्धि तत्वहरुले स्तन क्यान्सर हुने सम्भावना बढाउँछ । पाँच वर्षभन्दा बढी समयसम्म परिवार नियोजनका चक्कीहरु प्रयोग गर्नेलाई पनि केही सम्भावना बढेर जान्छ ।
स्तन क्यान्सरबाट बच्न केके कुरामा ध्यान दिनुपर्छ?
१. सम्भावित कारक तत्वहरुलाई हटाउने, कम गर्ने वा सतर्क हुने ।
२. प्रत्येक २० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको जाँच आफैंले नियमित रुपमा गर्ने । महिनावारी भएको सातौं दिनमा आफुलाई पायक पर्ने समय र ठाउँमा एउटा ऐना अगाडि उभिएर आफ्ना स्तनको जाँच आफंैले गर्ने । स्तनमा कुनै किसिमको असामान्य कुरा फेला पर्नेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा सम्र्पक गर्ने ।
३. सभाव्य लक्षणहरु देखापर्नेबित्तिकै निदान तथा उपचार गर्नसक्ने केन्द्रहरुमा जाने ।
४. हरियो सागपात, फलफुलको सेवन गर्ने तथा नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।
स्तन क्यान्सरको सम्पुर्ण उपचार विधिहरु उपलब्ध भएकोले डरलाग्दो रोग भए पनि उपचार गरी निको पार्न सकिन्छ । स्तनमा साविकभन्दा केही परिवर्तन वा गाँठागुठीहरु आउनेबित्तिकै चिकित्सकको सल्लाहअनुसार स्तन क्यान्सरलाई निको पार्न, अन्य अंगहरुमा सर्नबाट रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालले विश्वव्यापी रुपमा अक्टोबर महिनालाई “स्तन क्यान्सर जागरुकता महिनाको रुपमा मनाउँदै आएको सन्दर्भमा एक्ष्ल्प्त्इद्यभ्च्–२०२४ भन्ने शिर्षकमा नेपाल क्यान्सर रोग निवारण संस्था, काभ्रे शाखासँग सहकार्य गर्दै बनेपा नगरमा स्तन क्यान्सरको बारेमा जनचेतना जगाउने हेतुले गरिएको बृहत ¥याली गरेको छ ।
यस कार्यक्रमले आम जन–समुदायप्रति स्तन क्यान्सर सम्बन्धि रोगको पहिचान र हेरचाह गर्नको लागि जानकारी मुलक सन्देश प्रवाह गर्नेछ भन्ने उद्देश्य सहित सो रोग लागिसकेका व्यक्तिहरुलाई समाजमा स–सम्मान जीवनयापन गर्न समेत हौसला प्रदान गरेको ¥यालीमा सहभागीहरुको प्रतिक्रिया छ । यस्तै किसिमका चेतनामूलक ¥यालीहरु समय–समयमा गर्ने हो भने महिलाहरुमा स्तन क्यान्सर सम्बन्धी सचेतना जाग्ने कुरामा विमति नरहेको अधिकारकर्मी तथा सामाजिक अभियान्ता सविना श्रेष्ठले बताउनुभएको छ ।
¥यालीले छोडेको प्रभावका बारेमा स्त्री रोग विशेषज्ञ डा. रञ्जु बरालको कथन छ– शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालले आफ्नो स्थापनाकालदेखि नै यस किसिमका गतिविधि गर्दै आएको छ, जसका कारण समाजमा महिलाहरुप्रति केही न केही सचेतना जागेको आफूले पाएको बताउनुभएको छ । शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालका सल्लाहकार एवं पूर्व प्रशासक सुन्दर थापा मगरको टिप्पणी छ– यो ¥यालीको मुख्य उद्देश्य रोग लाग्न नदिनु नै हो ।
रोगको रोकथाम गर्नु तथा रोग लागिसकेपछि समयमै उपचार गरी साधारण अवस्थामा जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्न समेत रहेको छ । तसर्थ यस जनसमुदाय समर्पित कार्यक्रम हामी हरेक व्यक्ति तथा संघ सस्थाहरुको स्व–स्फूर्त रुपमा ¥यालीप्रति सहभागिता जनाउनुले पनि यो कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको पुष्टि गर्दछ ।
¥यालीले नगरपरिक्रमा सँगसँगै विभिन्न स्थानहरुमा जुम्बा लगायत अन्य नाचगानका झाँकीहरु समेत प्रस्तुत गरेर सर्वसाधारणहरुलाई सचेत गराएको कार्यक्रम पश्चात्का प्रतिक्रियाहरुले पुष्टि गरेको सल्लाहकार थापा खुलासा गर्नुहुन्छ । ¥यालीको विसर्जन पश्चात् आयोजक निकायले प्रस्ताव गरेअनुसार टिकटिक प्रतियोगितामा उल्लासमय सहभागिता र बिजेतालाई उपहार समेत प्रदान गर्ने अवसर मिल्नु आफैंमा अर्थपूर्ण रहेको थापाको जिकिर छ । अस्पतालले जनाएअनुसार उक्त प्रतियोगितामा उत्कृष्ट फेसबुकमा भिडियो बनाउने प्रथम बिजेतालाई नगद रु. ७,००० दोस्रो विजेतालाई नगद रु. ३,००० र उत्कृष्ट टिकटक बिजेतालाई रु. ५,००० नगद समेत प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0