Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जुवातास नियन्त्रणमा प्रहरीको सकृयता

प्रभातफेरी अनलाइन २३१ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार (१ साल अघि)
Post Thumbnail

जुवातासको कारण नेपालमा बिभिन्न खाले घटनाहरू मात्रै नभएर आत्महत्या, सम्बन्ध विच्छेद, हत्या, मानसिक रोग जस्ता घटनाहरू समेत हुने गरेका धेरै उदाहरण छरपस्टै छन् । समाजमा हुनेगरेको उल्लेखित घटनाहरूको नियन्त्रणको लागि जुवातास खेल्ने कुरोलाई निर्मूल गर्नुको विकल्प रहन्न । सोही कार्यलाई प्रहरीको अभियानको रुपमा लिएको छ । जुवातासले गर्दा परिवारमा समेत विकराल अवस्था आउनको साथै विभिन्न घटनाहरु घट्नेगरेको धेरै उदाहरणहरु रहेका छन् । यस्ता खाले समस्यहरु समाधानको लागि पहिलोत जुवातासलाई नियन्त्रण साथै कुलतमा फसेकाहहरुलाई सुधार्नु हो । सोहि अभियानमा प्रहरी अगाडि बढ्नु स्वागतयोग्य कार्य हो ।
प्रहरीको अभिायानलाई शक्तिमा रहेकाहरुले कानुनलाई हातमा लिएर पद र शक्तिको दुरुपयोग गर्दै कानुनी दायरामा ल्याउनु पर्नेलाई उन्मुक्ति दिन जुन कार्य नेपाल र नेपालीको लागि घातक हो । नेपाल र नेपालीको हितको खातिर कार्य गर्ने जिम्मेवारी पाएका (जनप्रतिनिधिहरु) पक्षले कानुनको रक्षकको भूमिका निर्वाह गर्नु पर्नेमा कानुनलाई हातमा लिएर विचारको आधारमा, नातागोता, साथीभाइ भन्दै उन्मुक्ति दिलाउने कार्य समाजमा आत्महत्या बढ्दो छ, द्वन्द्व निम्तदो छ, अशान्ति व्याप्त छ, पारिवारिक कलह छ यि शवको प्रमुख कारण मध्यको एक जुवा तास समेत भएकोले नियन्त्रणको लागि जुन ढङ्गको भूमिका प्रहरीले निर्वाह गरेको छ फैलँदै गएको विकृतिमै कमी आउने आशामा नेपाली जनता रहेका छन् ।
सामाजिक विकृतिको अन्त्य गर्दै समाजमा फैलिएको बिभिन्न प्रकारका समस्यालाई समाधान गर्ने कार्यमा प्रहरीले पूर्ण रुपमा सकृयता देखाउँदै गर्दा प्रहरीमा हौसलाको बदलामा निरासता पैदा भएको छ । नेपाल र नेपाली समाजको हितको खातिर कार्य गर्दै गर्दा पूर्ण रुपमा कानुनी प्रकृयामा अगाडि बढ्न बिभिन्न बाधा अड्चन खडा हुने गरेको छ । जसले मुलुकलाई अन्धकार तर्फ धकेल्छ भन्ने विषयमा सचेत छन् नेपाली जनता । यसरी प्रहरीले सकृयता देखाउँदै गर्दा प्रहरीलाई हौसला दिनुको बदलामा जुवा खालबाट पक्राउ परेकाहरूलाई छुटाउन ठुलो चलखेल हुने कार्यले गर्दा प्रहरीको मनोबल गिरेको हो ।
जुवा खालबाट बरामद रकम सुरुमा धरौटी खातामा बस्छ, मुद्दा फैसला भएपछि राजस्व खातामा जान्छ ।’ थुनछेक बहस हुँदा प्रमुख जिल्ला अधिकारीले तोक्ने धरौटी रकम मुद्दा फैसला हुँदा फिर्ता वा थप हुनसक्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार पहिलो पल्ट जुवा खेल्ने वा खेलाउनेको मुद्दा प्रमुख जिल्ला अधिकारीले सुनुवाइ गर्छन् । पहिलो पटक जुवा खेल्नेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । दोस्रो पटक जुवा खेलेको पुष्टि भएमा त्यस्ता जुवाडेहरूलाई अदालतमा पेस गर्नुपर्छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था भएपनि व्यवहारमा उतार्ने विषयमा हुने गरेको अवरोधलाई अन्त्य गर्दै राम्रो काम गरेकोमा प्रहरीलाई हौसला दिने ढङ्गको कार्य गर्न जरुरी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0