प्रभातफेरी अनलाइन३४ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
काभ्रे / पत्रकार ज्ञानमणि नेपाल कालोटोपिद्वारा सम्पादनभएको साहित्य पुस्तक सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनले बनेपास्थित सभाहलमा आयोजना गरेको विशेष कार्यक्रममा पुस्तकका लेखक स्वयं तथा वरिष्ठ साहित्यकार ‘अरुणबहादुर खत्री ‘नदी’ले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार यो प्रकाशन संस्थाबाट सार्वजनिक भएको २८३ औँ पुस्तक हो। २०६८ सालमा स्थापना भएको शब्दयात्रा प्रकाशनले साहित्य, पत्रकारिता तथा विभिन्न सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै पुस्तक प्रकाशनलाई निरन्तरता दिँदै आएको छ।
सम्पादकको परिचय
पुस्तकका सम्पादक ज्ञानमणि नेपाल कालोटोपी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० निवासी हुनुहुन्छ। उहाँ विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। यस अवधिमा करिब १० वटा सञ्चारमाध्यममा काम गरिसक्नुभएका उहाँ हाल नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्यलगायत विभिन्न संचाग्रहमा आबद्द उहाँका अन्य केही पुस्तकहरू पनि निकट भविष्यमा प्रकाशन हुने तयारीमा रहेका बताउनु भएको छ ।
आठ स्रष्टा सम्मानित
सोही अवसरमा शब्दयात्रा प्रकाशनले विभिन्न क्षेत्रका आठ जना व्यक्तित्वलाई शब्दयात्रा प्रकाशन पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुने व्यक्तित्वहरूमा–केदार शाक्य (सङ्खुवासभा), राममणि दुङ्गेल (भक्तपुर), नीरा अधिकारी (ललितपुर), विवश पोखरेल (मोरङ), सन्ध्या पहाडी (कपिलवस्तु), अरुणबहादुर खत्री ‘नदी’ (तनहुँ), पासाङ दोर्ची शेर्पा (भोजपुर), पूर्णबहादुर कर्माचार्य (काभ्रेपलाञ्चोक) लाई सम्मान समर्पण गरिएको थियो।
कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाको गतिविधि तथा पुरस्कार कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष साहित्य, पत्रकारिता तथा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै पुस्तक प्रकाशन र साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।पुस्तकमा डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ समेटिएका छन् ।