Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक सञ्जालबाट हुने गरेको ठगीको अन्त्य गर

प्रभातफेरी अनलाइन २०२ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा आएर समाजिक सञ्जाल प्रयोग गर्दै अनलाईन व्यापार साथै विभिन्न प्रलोभनहरु देखाउदै ठगी गर्नेको लर्को लागेको छ । मोबाइलमा एक क्लिक ग¥यो, चाहेको सामान आफूले उपलब्ध गराएको ठाउँमै आइपुग्छ । प्रविधि मानिसको सहजताको लागि हो । तर, यही सहजताको नाउमा व्यापक मात्रामा ठगि हुनेगरेको धेरै उदाहरणहरु रहेका छन् । यस्तो खालको ठगिबाट बिशेष गरेर युवाहरु मारपर्ने गरेका छन् । युवा मात्रै नगएर प्रौडहरु समेत चोखा छैनन् । अनलाईनमा सामान अर्डर गर्दा केही रकम अग्रिम रुपमा मागेर पचाउने गरेका धेरै उदाहरणहरु छरप्रष्टै हुँदा पनि सम्बन्धित निकायले कानुनी कारवाहीको दायरा वढाउन नसक्नु ठगि धन्दामा पल्केकाहरुलाई हौसला हुनु हो ।
पछिल्लो समयमात भाडाको सस्तो र राम्रो फ्ल्याट खोजिदिने बाहानामा पनि ठगी गर्ने गरेका छन् । थोरै थोरै गरेर धेरै जनासँग धेरै ठग्छन् तर ठगिमा पर्नेहरुले ठगीको उजुरी लिएर साइबर ब्यूरोमा जाँदा एक हजार रुपैयाँका लागि आफ्नो काम गर्ने समय र त्यो भन्दा बढी रकम खर्चनुपर्छ । त्यसैलेपनी सामान्य रकमको लागि उजुरीलाई प्राथमिकता नदिँदा ठगी धन्दामा जुट्नेहरुलाई थप हौसला मिल्ने छ । अधिकांश मानिसहरू यस्तै–यस्तै बहानामा ठगीमा पर्ने क्रम बढिरहेको छ । यस्तो कार्यमा संलग्न भएकाको विवरण सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले १८ देखि २४ वर्ष युवा समूहका विद्यार्थी सङ्लग्न रहेको छन् ।
उपहार र पार्सल, सामाजिक सञ्जालको गलत प्रयोग, नक्कली अनलाइन, वन टाइम पासवर्ड र चिट्ठालगायत माध्यमबाट ठगी गर्नेगरेको पाइन्छ । सामाजिक सञ्जालमार्फत गोप्य विवरण सार्वजनिक गरिदिने डर देखाएर तथा आइफोन उपहार दिने लोभ देखाएर ठगी गर्ने गरेका छन् । यस्तो खालको ठगीको धन्दा सबैभन्दा बढी बागमती प्रदेशमा हुने गरेको पाईएको छ । सामाजिक सञ्जालमा सरकारी कार्यालयको लोगोसमेत प्रयोग गरेर रोजगारीका लागि आह्वान गरिएको प्रशस्त विज्ञापन भेटिइन्छन् । त्यस्ता विज्ञापनमा रोजगारी गर्न पढाइ र अनुभव पनि नचाहिने भन्दै प्रलोभनमा पार्ने गरेका छन् । ‘पढेलेखेका अत्यन्त सचेत मानिसहरू ठगीमा परिरहेका छन् । इन्टरनेटको माध्यमबाट अहिले ठगी गर्न झनै सजिलोसंग वडिरहेको छ ।’ चिठ्ठा, गेम र अनलाइन जुवाजस्ता माध्यमबाट समेत ठगी हुने गरेको छ । यस्ता खाले कुकर्मलाई तत्काल अन्त्यको लागि पहल गरिएन भने जटिल अवस्था आउन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0