Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक घर एक धारा खानेपानी सार्थक बनाएरै छोड्नेछुः अध्यक्ष केसी

प्रभातफेरी अनलाइन ३४९ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
एक घर एक धारा खानेपानी सार्थक बनाएरै छोड्नेछुः अध्यक्ष केसी

काभ्रे । बनेपा नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष सचितानन्द केसीले एक महिनाभित्र आफूले लिएको योजनाअनुसार वडावासीहरुलाई एक घर एक धाराको योजनालाई कार्यान्वयनमा ल्याई सार्थक बनाएरै छोड्ने उद्घोष गर्नुभएको छ ।
अहिले करिब दुई सय घर धुरीका लागि एकिकृत खानेपानी समानुपातिक वितरण अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा शहिद मार्ग पेरिफेरि, खत्रीगाउँ, खत्रीगाउँ भन्दा मुनि, अरनिको राजमार्गबाट उत्तर, क्याम्पस रोड र चण्डेश्वरी खोला बिचका घरधुरीलाई खानेपानी वितरण गर्न लागिएको वडा अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।
शनिबार भएको उपभोक्ताहरुको भेलामा बोल्दै वडाध्यक्ष केसीले मंसिर महिनाभित्र तोकिएका क्षेत्रका प्रत्येक घरधुरीले खानेपानी जडानको लागि प्राविधिक स्टिमेट अनुसार करिब २३ हजार रकम उपभोक्ता समितिको खातामा जम्मा गर्न अनुरोध समेत गर्दै वडाध्यक्ष केसीले वडामा रहेका ११ सय घर धुरीलाई एक घर एक धारा वितरण गर्ने योजनाका साथ कार्य प्रारम्भ गरेको बताएको छ ।
विभिन्न अवरोध र चुनौतीका बीच वडाबासीलाई पानी खुवाउन सफल बताउँदै केसीले भन्नुभयो – सबै वडावासीलाई समानुपातिक पानी वितरण गरिनेछ । कसैलाई काखा कसैलाई पाखा गरिने छैन । बनेपा नगरपालिकाले बजारभित्रलाई मात्र नगरपालिका संम्झिने गरेको र बजारभन्दा बाहिरका वडाहरुलाई पक्षपातपूर्ण व्यवहार गर्दै आएको दृष्टान्त पेश गर्दै वडाध्यक्ष के.सी.ले यस्तो व्यवहार नगरपालिकाले सच्याउनुपर्ने धारणा राख्नुभएको थियो ।
खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भईसकेको र काभ्रे क्याम्पस वरपर रहेको ३ सय घरमा पनि चालु आर्थिक वर्षभित्र नै एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको जानकारी सोही अवसरमा दिनुभएको थियो । बाँकी तल्लोटोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने पनि वडा अध्यक्ष केसीले समेत बताउनुभएको थियो ।
यसअघि नै डिप बोरिङ र ट्यांकी निर्माण सम्पन्न भइसकेको छ । उपभोक्ताहरुले मंसिर महिनाभित्र तोकिएको रकम जम्मा गरे पुस महिनाभित्र घरघरमा पानी वितरण संपन्न गर्ने लक्ष्य राखेको अनन्त दाहाल (सिताराम) ले जानकारी दिनुभएको थियो ।
त्यस्तै खत्रीगाउँमा रहेको ७ वटा मुललाई एकिकृत गर्ने र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग गरिएको बताइएको छ । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरी वितरण गर्ने तयारी गरेको छ ।
अनन्त दाहाल (सिताराम) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व वडाध्यक्ष कृष्णबुद्ध बजगाईं, वडा सदस्य विष्णु नारायण श्रेष्ठ, पुर्व न्यायाधीश कैलास केसी, समाजसेवी राजु मानन्धर, सुनिल घर्ति मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने दिपनारायण पराजुलीले कार्यक्रमको सञ्चालन र राजेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0