Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिकको ३० औं वार्षिक साधारण सम्पन्न

प्रभातफेरी अनलाइन ४२७ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
सामुदायिकको ३० औं वार्षिक साधारण सम्पन्न

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती–४, टौखालको ३० औं वार्षिक साधारण सभाको एकाई बैठक पनौती एकाईको मुख्य कार्यालय प्रा·ण पनौती–४, कुशादेवी एकाईको, कुशादेवी पार्टी प्यालेस पनौती–३ कुशादेवी, बनेपा एकाईको बनेपा पार्टी भेन्यू, बनेपा–८, पाँचखाल एकाईको श्रीकृष्ण पार्टी प्यालेस, पाँचखाल–४, नमोबुद्ध एकाईको कुटुम्ब रिसोट, नमोबुद्ध–२ मा, ढुंखर्क एकाईको पार्वती मा.वि., बेथानचोक–२ मा र काठमाण्डौ एकाईको, युनिभर्सल क्याफे, सुकेधारामा गरी ७ एकाईहरुमा सम्पन्न भएको छ ।
सातै एकाईमा औपचारिक कार्यक्रम सहित सञ्चालन भएको साधारण सभा, आ–आफ्नो एकाई अन्तर्गतका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो । एकाई बैठकमा पनौती एकाईको बैठकको सभाध्यक्षता अध्यक्ष प्रकाश बन्जारा, नमोबुद्ध एकाईको सभाध्यक्षता वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धर, बनेपा एकाईको सभाध्यक्षता सचिव मुकुन्द शर्मा, पाँचखाल एकाईको सभाध्यक्षता कोषाध्यक्ष सरोज कुमार तिमल्सेना, कुशादेवी एकाई बैठकको सभाध्यक्षता सञ्चालक सदस्य कौशल राज खड्का, बेथानचोक एकाईको बैठकको सभाध्यक्षता सञ्चालक सदस्य सुकुमान तामाङ र काठमाण्डौ एकाईको सभाध्यक्षता सञ्चालक सदस्य रामेश्वर शर्मा वाग्लेले गरेका थिए ।
केन्द्रिय कार्यालयमा भएको सभामा पनौती नगरपालिकाकी नगर उप–प्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यता एवं पनौती न.पा वडा नंं–४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, वडा नं.–८ का अध्यक्ष वेद प्रसाद बन्जारा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक वोर्डिङ स्कुलका प्रिन्सिपल पुर्ण कुमार श्रेष्ठ, नेपाल बचत तथा ऋण सहकारी संघका निमित्त कार्यकारी प्रमुख गणेश प्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरु लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । सात वटै एकाईहरुबाट जम्मा ३३ हजार ३१ जना सदस्यको उपस्थितिमा आयोजित सभाले प्रस्तावित विषयहरुमा सर्वसम्मत रुपमा निर्णय समेत सम्पन्न गरेको छ ।
संस्थाको ३० औं वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि मुकुन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति र राजन श्रेष्ठको संयोजकत्वमा २ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचित गरेको छ । लेखा सुपरिवेक्षण समिति सदस्यको एक पद रिक्त रहेकोमा संस्थाले आगामी साधारण सभामा उपनिर्वाचन गरी पदपूर्ति गर्नेछ । निर्विरोध निर्वाचित भएका छन् ।
जसमा अध्यक्ष मुकुन्द शर्मा, वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धर, महिला उपाध्यक्ष भवानी थापा, सचिव सरोज तिमल्सेना, कोषाध्यक्ष कृष्ण थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा निर्वतमान अध्यक्ष सदस्य रहने व्यवस्था अनुसारप्रकाश बन्जारा र अन्य सदस्यहरुमा कौशल राज खड्का, विकास पन्त, भैरव प्रसाद सेंढाई, मदन खकुरेल, राम कृष्ण घिमिरे, राम प्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, श्याम सापकोटा, अनिता कार्की, देवकी आचार्य, बबिता बोहरा, संगिता खड्का, सुस्मिता नेपाली रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक राजन श्रेष्ठ र सदस्यमा भिम प्रसाद बन्जारा रहेका छन् ।
बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये सदस्य संख्या, वासलात र अन्य सेवा सुविधालाई हेर्दा देशकै छैटौं स्थानमा र बागमती प्रदेशको पहिलो स्थान पर्ने यस संस्थाले प्रजातान्त्रिक पद्धति अपनाउँदै सहकारीका सदस्यलाई खण्डित नबनाई एकजुट बनाउन सफल भएको छ । सम्पूर्ण पदमा निर्विरोध निर्वाचित गराएर सामुदायिक साकोसले मतदान प्रकृयामा हुने लाखौं रकम जोगाएको छ भने सदस्यको बचतलाई सुरक्षित गर्ने ग्यारेण्टि समेत गरेको उदाहरण देश भरिका सहकारीलाई प्रदान गरेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0