Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो नेतृत्व चुन्दै हजारौं कलमजीविहरु

प्रभातफेरी अनलाइन ३९६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
आफ्नो नेतृत्व चुन्दै हजारौं कलमजीविहरु

काभ्रे । निकै लामो समयको पर्खाईपछि हजारौं कलमजीविहरुले आफ्नो नेतृत्व छान्ने अवसर प्राप्त हुने भएको छ ।
नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै एकाएक पत्रकारहरुमा उर्जा प्राप्त भएको पाइन्छ । प्रजातन्त्रको बिहानीसँगै सात दशकअघि स्थापित नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ नयाँ नेतृत्व चयनको संघारमा उभिएको छ । यही मंसिर २८ गतेका लागि निर्धारित निर्वाचनले महासंघको २४औं केन्द्रीय नेतृत्व चयन गर्नेछ । सोही दिन प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखामा समेत नयाँ नेतृत्व चुनिनेछन् । देशभरका करिब साढे नौ हजार श्रमजीवी पत्रकार प्रत्यक्ष सहभागी हुने ‘चुनावी दिन’ (इलेक्सन डे) तोकिएको छ ।
नेपाल पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार निर्वाचनका विषयमा आम नागरिकमा समेत संशय पैदा हुने र महासंघको विधान समेतको उल्लंघन हुनसक्ने अवस्थाबाट जोगाउँदै निर्वाचनको माहोल खडा भएको छ । यस अवधिमा महासंघले भोग्नु परेका तीता यथार्थलाई बिर्सेर आम नागरिकबाट समेत लोकतन्त्रको पहरेदार संस्थाका रुपमा मान्यता पाएको नेपाल पत्रकार महासंघको निर्वाचन आजको अनिवार्य शर्त बनेको छ । निर्वाचनको वातावरण बनेबाट यसले नेपाल पत्रकार महासंघको सांगठनिक जीवनमा नयाँ ऊर्जा, उत्साह र उमंग भरेको छ । महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु हुने सबै अग्रज, नेतृत्वपंक्ति र सहकर्मी साथीहरुप्रति आभार व्यक्त गरेको छ ।
महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकारहरू आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेका छन् । यसले हामीलाई दुखित तुल्याएको छ । यद्यपि त्यस्ता पत्रकारहरूलाई आगामी दिनमा सदस्य कायम हुने गरि व्यवस्था मिलाउने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
त्यसैगरी विज्ञप्तिमा भनिएको छ– प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकास र पत्रकारको श्रम अधिकार संरक्षणलगायत आदर्शमा अडिग रहँदै नेपाल पत्रकार महासंघले आफ्नो जीवनकालमा थुपै्र आरोह–अवरोह पार गरेको छ । प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक पत्रकारिताका लागि अत्यन्तै प्रतिकूल उपरोक्त कालखण्डमा महासंघ कहिल्यै विचलित भएन । त्यसकारण पनि नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको आशा, भरोसा र विश्वासको साझा घर बन्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको नजरमा लोकतन्त्रको पहरेदार र प्रेस स्वतन्त्रताको मानक बनेको छ । नेपाल पत्रकार महासंघ आगामी निर्वाचनमार्फत अग्रजहरुले निर्माण गरेको यही सुनौलो इतिहास र गौरवपूर्ण विरासतलाई अविछिन्न रुपमा अघि बढाउन प्रतिवद्ध छ ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने सन्दर्भमा केही कठिनाइ भोग्यौं । यसअघि पटक–पटक निर्धारित निर्वाचनका मिति स्थगित गरिए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भका बीच निर्वाचित अध्यक्ष विपुल पोख्रेल तथा कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुप¥यो । यसबीचमा उहाँहरुले निर्वाह गर्नु भएको सकारात्मक भूमिका तथा योगदानको उच्च प्रसंशा गर्दै २०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय ग¥यो । राष्ट्रिय भेलाले निर्दिष्ट गरेको सोही विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको हो । अब हाम्रो सामु निर्वाचतमार्फत आउने नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम समय आएको छ । यस कार्यभारलाई सफल पार्नका लागि महासंघका सम्पूर्ण सदस्य, तीनै तहका कार्यसमिति तथा निर्वाचन समिति, सरोकारवाला संघसंगठन र महासंघप्रति चासो एवं चिन्ता राख्ने सबै शुभेच्छुकहरुलाई नेपाल पत्रकार महासंघ आग्रह गर्दछ भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0