Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार भएबापत कुनै दलमा लाग्दिनँ भन्ने प्रतिबद्धता आउन सक्नुपर्छ

प्रभातफेरी अनलाइन ३१० पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २५, मंगलबार (१ साल अघि)
पत्रकार भएबापत कुनै दलमा लाग्दिनँ भन्ने प्रतिबद्धता आउन सक्नुपर्छ

राजनीतिक नेतृत्वले जति नै प्रतिबद्धतामा निष्पक्ष पत्रकारिता आवश्यक छ भनिएतापनि निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो यसमा दुईमत छैन । मुलुक र गणतन्त्रका निम्ति यो आवश्यक छ भनिरहँदा आसन्न पत्रकार महासंघको नेतृत्व चयनमा देखिएका आरोह अवरोहहरु र राजनीतिक नेतृत्वको चासोले नेताहरुको प्रतिबद्धता हात्तीको देखाउने दाँतमा सीमित भएको प्रष्ट हुन्छ ।
नेपाली कांग्रेस दलका सभापति एवं पूर्व प्रधानमन्त्रीले निष्पक्ष पत्रकारिताका निम्ति गरेका आह्वानको महत्व क्षणिकमै तुहिएको छ । वैयक्तिक स्वतन्त्रताको पक्षपातीका रूपमा आफूलाई उभ्याउने दलका प्रमुखबाट आउने अभिव्यक्तिले अभिव्यक्ति स्वतन्त्रतालाई सघाउ पु¥याउँछ भन्ने अपेक्षा पनि गर्नु बेकार छ । तथापि, कहिलेकाहीँ यस्ता अभिव्यक्तिले आफैँलाई व्यंग्य गर्दछन् । आज देउवा हुन् या ओलीले जहाँ उभिएर निष्पक्ष पत्रकारिताका निम्ति आह्वान गरिरहेका छन्, त्यहाँ उहाँहरुका लागि दलको झण्डामुनि आबद्ध पत्रकारहरूको महाधिवेशनका रुपमा सावित हुँदै गइरहेको छ ।
निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र गणतन्त्र बलियो बनाउन सक्छ । युनियन या चौतारी सत्तारुढ दलका शुभेच्छुक संस्था हुन् । आफ्नै शुभेच्छुक संस्थामा रहेका पत्रकारहरूले साझा संस्थाका रुपमा लिएको नेपाल पत्रकार महासंघको महाधिवेशनमा निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेपनि त्यो कति सम्भव होला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यही स्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहहरुमा पत्रकारहरुप्रति लक्षित गर्दै व्यक्त गरिएका अभिव्यक्तिहरुले गिज्याइरहेको हुनुपर्छ ।
पत्रकार जगत्लाई आफूमा संगठित गराएर निष्पक्ष पत्रकारिता गर्न भन्छन् भने त्यो आफैँमा विडम्बनापूर्ण अवस्था हो । पहिलो काम यी दलहरूले पत्रकारलाई आफ्नो दल र भातृ संगठनमा सहभागी नहुन आह्वान गर्नुपर्छ । दोस्रो, पत्रकार आफैँमा म पत्रकार भएबापत कुनै दलमा लाग्दिन भन्ने प्रतिबद्धता हुनुपर्छ । जतिबेला यो मुलुकमा गणतन्त्र थिएन, त्यतिबेला पत्रकारहरूले त्यसका निम्ति आन्दोलन गरेका थिए । अहिलेको गणतन्त्रमा पत्रकारले स्वामित्व रहेको ठान्नुको कारण पनि त्यही हो । गणतन्त्र र मानव अधिकार धरापमा परेका बेलामा पत्रकारले आफ्नो पेशालाई थाती राखेर आन्दोलनमा लाग्नु स्वाभाविक हो । तर गणतन्त्र बहाल भइसकेपछि आफैँ त्यसको कार्यकर्ता भएर दलमा सरिक भइरहनु आवश्यक छैन । त्यसमा पनि कांग्रेस र एमालेले त झनै यसका निम्ति प्रेरित गर्नु हुँदैन भन्ने सन्देश दिन आवश्यक छ । त्यस्तै आफूलाई गणतन्त्रको हिमायती मान्ने माओवादी केन्द्रले मिसन पत्रकारिता भनिरहँदा पुराना संसदवादी दलको अनुशरण गर्नु परिवर्तनमाथिकै अभिशाप मान्न सकिन्छ ।
शासन व्यवस्थाले स्वतन्त्र पत्रकारिता गर्न दिएन भने आन्दोलनको विकल्प हुँदैन । मुलुकमा गणतन्त्र स्थापित भइसकेपछि पनि पत्रकार जगत् दलगत खेमामा बाँडिएर संगठित हुने र पत्रकारितालाई पनि निरन्तरता दिने अवस्था आउँदा भने आमपाठक र दर्शक अल्मलिने अवस्था आएको छ । कुनै खास दलसँग निकट रहेका पत्रकारबाट निष्पक्ष पत्रकारिता सम्भव हुँदैन । दल निकट पत्रकारका संगठनको महाधिवेशन र यस्तै गतिविधिका बेलामा यी प्रश्न उठे पनि कहीँबाट सम्बोधन हुने गरेको छैन । पत्रकारितामा सुधार गर्ने हो भने गणतन्त्रका प्रमुखकर्ताहरूबीच छलफल हुनु आवश्यक छ । पेसागत संस्थाहरू दलसँग आबद्ध हुनुहुँदैन । आज कानुन व्यवसायी, शिक्षकदेखि कर्मचारीसम्म दलमा आबद्ध छन् । तिनका पेशागत संस्थाको चुनावमा दलगत हिसाबमै प्रतिस्पर्धा हुन्छ । यस्तो अवस्थामा कुन संस्थाले राजनीतिमा प्रत्यक्ष भाग लिने र कुनले नलिने भन्ने छुट्याउन सकिँदैन ।
कठैबरा ! पत्रकार आचारसंहिता पालनाको अनुगमनका निम्ति प्रेस काउन्सिल नेपाल मुलुकमा छ । यसले पत्रकारका निम्ति आचारसंहिता समेत लागु गरेको छ । पत्रकारलाई आचारयुक्त अभ्यासका निम्ति काउन्सिलले आग्रह गर्नुपर्छ । काउन्सिलले आचारविरुद्धका काम छन् भने त्यसलाई सच्याउन आग्रह पनि गर्छ । तर पत्रकार आचारसंहितामा दलीय आबद्धता अस्वीकार गर्न अहिलेसम्म सकिएको छैन । कुनै पनि पत्रकारले कुनै पनि दल वा तिनका भातृ संस्थामा लाग्नुहुँदैन भन्ने एक पंक्ति आचारसंहितामा समावेश हुने हो भने अहिलेका धेरै समस्या समाधान हुन्छन् । पत्रकार आफैँ दलमा लागेका छन् भने त्यो पनि आमपाठक र दर्शकले थाहा पाउने अवस्था हुनुपर्छ । त्यो भयो भने कुन दलमा लागेको पत्रकारले लेखेको हो भन्ने छुट्याउन तिनलाई सहज हुन्छ ।
सबै मुलुकका आफ्ना विशिष्टताका आधारमा आचारसंहिताको व्यवस्था गरिएको छ । हाम्रो मुलुकमा सबै क्षेत्रमा राजनीतीकरण भएपछि देखिएका समस्यालाई मनन् गर्दै पत्रकारिता जगत्ले यसबाट बाहिर निस्किन प्रयास गरेको छैन । हाम्रो पत्रकारिताका अभ्यासकर्ताहरूले आफ्नो एकमात्र छाता संगठन नेपाल पत्रकार महासंघको सदस्यताबाहेक दलसँगको आबद्धता त्याग्न सक्नुपर्छ । हो, कुनै न कुनै रूपमा प्रत्येक व्यक्ति राजनीतिसँग जोडिएका छन् । तर पत्रकार भएबापत छाड्नुपर्ने केही काम छन्, त्यसका निम्ति पनि तयार हुनुपर्छ । आफूले गरेको कामसँग जोडिएका विषयमा रिपोर्टिङ गर्दासमेत विचार गर्नुपर्छ भन्ने मान्यता पत्रकारितामा हुन्छ ।
पत्रकारितालाई इतिहासको मस्यौदाका रूपमा ग्रहण गरिन्छ । भोलिको इतिहास लेखिरहेको यो पेशालाई राजनीतिक प्रभावबाट मुक्त गर्दै स्वतन्त्र बनाउनुपर्ने आवश्यकता देखिइसकेको छ । आज दलमा आबद्ध नभएका पत्रकार अल्पसंख्यक भइसकेका छन् । सबैजसो दलले कुनै न कुनै रूपमा पत्रकारलाई आफूअन्तर्गत राखेका छन् । दलहरूले पत्रकारलाई भातृ संस्थाको सदस्य रहन नसक्ने व्यवस्था गर्नुपर्छ । पत्रकार महासंघ र प्रेस काउन्सिलले पनि पत्रकारलाई राजनीतिक दलसँगको प्रत्यक्ष आबद्धताबाट बाहिरिन मद्दत गर्नुपर्छ । त्यसो भयो भने मात्र पत्रकारिता सुधार्न सहज हुन्छ । आफैँले प्रत्यक्ष निगरानी गर्नुपर्ने दलकै सदस्य भइसकेपछि पत्रकारिता सम्भव हुँदैन । राजनीतिक नेतृत्वको निष्पक्ष पत्रकारिताको चाहना पूरा गर्न पनि यो आवश्यक छ । त्यसैले आसन्न निर्वाचनमा आफूलाई पत्रकार भन्न रुचाउनुहुने व्यक्तित्वहरुले पत्रकारिताको मर्म, भावना र उद्देश्य अनुरुप चल्नेछन् भन्ने अपेक्षा हामीले राखेका छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0