logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

टौखाल उपशाखाद्वारा सुत्केरी तथा अपांगलाई डिग्निटी किट वितरण

प्रभातफेरी अनलाइन२६६ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार(१ साल अघि)
टौखाल उपशाखाद्वारा सुत्केरी तथा अपांगलाई डिग्निटी किट वितरण

काभ्रे । नेपाल रेडक्रस सोसाइटी टौखाल उपशाखाले पनौती नगरपालिका वडा नं. ४ लगायतका क्षेत्रमा रहेका बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीहरु, सुत्केरी, अपांग, विपन्न परिवारहरुलाई राहत स्वरुप डिग्निटी किट बितरण गरेको छ ।
डिग्निटी किट उपशाखा सभापति नकुल श्रेष्ठ, स्वास्थ्य इकाई प्रमुख लगायतको उपस्थितिमा वितरण गरिएको हो । उपशाखा सभापतिका अनुसार २ सय २९ वटा डिग्निटी किट वितरण भएको बताउनुभएको छ ।
उपशाखाका अनुसार वडा समिति, स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेविकाहरुले तयार पारेको तथ्यांकअनुसार सम्बन्धित पक्षलाई उक्त किट वितरण गरिएको जानकारी गराउनुभएको छ । त्यसैगरी पनौती नगरपालिका वडा नं. १० मा वडा अध्यक्ष मोहनबहादुर भण्डारीको उपस्थिति र वडा नं. ११ मा जिल्ला सदस्य कृपेन्द्र श्रेष्ठ र वडा अध्यक्ष दिपेन्द्र लामाको उपस्थितिमा डिग्निटी किट वितरण भएको छ ।