logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

सरकार बेलगामको घोडा भएको छ, स्वेच्छाचारी हुनु परिवर्तनकारीका लागि डरलाग्दो बिषय हो ः पुर्व गृहमन्त्री श्रेष्ठ

प्रभातफेरी अनलाइन४०६ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ९, बुधबार(१ साल अघि)
सरकार बेलगामको घोडा भएको छ, स्वेच्छाचारी हुनु परिवर्तनकारीका लागि डरलाग्दो बिषय हो ः पुर्व गृहमन्त्री श्रेष्ठ

बेथानचोक । बेथानचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को तेस्रो पालिकाअधिवेशन तथा खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्दै संसद् अधिवेशन छलेर अध्यादेश मार्फत सरकार चलाउन खोजेको बताउनुभएको छ । बहुमतको आडमा संसद छलेर राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गदै राजनीतिक निर्णय गर्दै जाने हो भने अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट आउने धाराण राख्दै प्रमुख अतिथि उपाध्यक्ष श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई धमाधम समाउन थालेपछि जेल जाने डरले केपी ओली र शेर बहादुरले कुम जोडेर गठबन्धन बनाएको बताउनुभएको हो । उपाध्यक्ष श्रेष्ठले सत्तारूढ दलहरूले निहित स्वार्थ पूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत कानुन ल्याउन सक्ने सरकारले गठबन्धन गरेको ६ महिना सम्म पनि जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउनु भएको हो । राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका काम गर्न सक्ने सरकारले महँगी र भ्रष्टाचारलाई समाउन किन नसकेको प्रति प्रश्न गर्नुभएको छ ।
संसद्लाई छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेकोे, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको, ‘विश्वविद्यालय, संस्थान तथा कर्मचारीतन्त्रमा चरम हस्तक्षेप जस्ता कार्यको उपाध्यक्ष श्रेष्ठले भत्र्सना गर्नुभएको छ ।
बेथानचोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को तेस्रो अधिवेशन तथा खबरदारी सभामा संघीय संसद तथा पुर्व उर्जा राज्य मन्त्रि सुर्यमान दोङले बर्तमान सरकार गलत तरिकाबाट हिँडे्को बताउँदै बहुमतको दम्भ सैह्य नहुने बताउनुभएको छ ।
यहाँको स्थानिय सरकारले पनि बहुमतका आडमा स्थानिय सार्वजनिक जग्गाहरु आफ्ना कार्यकर्ताको नाममा ल्याएको भन्ने सुनिन आएको छ ! यसको जनस्तरबाट छानबिन गर्न आग्रह गर्नुभएको छ ।


यसैगरि नेकपा माओवादीका केन्द्रिय सदस्य रामप्रसाद सापकोटाले राज्य माओवादीको एजेण्डा चल्ने जनता माओवादी बन्न नसकेको बताउनु हुँदै जबसम्म जनताले यो उपलब्धतालाई अपनत्व ग्रहण गर्दैनन् माओवादीले जति नै जनमुखी काम गरे पनि कुनै अर्थ नराख्ने खुलासा गर्नुभएको छ ।त्यसै गरि कार्यक्रममा अर्का केन्द्रीय सदस्य एवं संघीय सांसद मिना तामाङ, माओवादी केन्द्र भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति, काभ्रे जिल्ला इन्चार्ज तेजबहादुर मिजार, माओवादी केन्द्रका महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा लगायतका नेतृत्वले वर्तमान सरकारको गलत रबैया, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा कुनै गतिविधि नगरी स्वक्षाचारी ढंगले चलेको हुदाँ खबरदारी अभियान सञ्चालन गर्ने परेको धारणा राख्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस र एमाले त्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, संघीय सांसदहरु सुर्यमान दोङ, मिना तामाङ, माओवादी नेतृ तारा रानाले स्वागत गरेका छन् ।
सोही कार्यक्रममा प्रेस सेन्टर काभ्रेका नवनिर्वाचित पदाधिकारीहरु लगायत पार्टी निर्माणमा योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा कलाकार विश्व दोङको टोलीले गीत तथा नृत्य प्रस्तुत गरेको थिए भने कार्यक्रम बेथानचोक गाउँकमिटी अध्यक्ष तारा राना तिमल्सीनाको अध्यक्षतामा भएको थियो ।कार्यक्रम कुमार तिमल्सिनाले सञ्चालन गरेका थिए ।
कार्यक्रम पश्चात् नेतृत्वले पाट्नेखोला पुलको अनुगमन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले अझै यस्ता परियोजना र विकास निर्माणका काम गर्न बेथानचोक गाउँपालिकालाई सघाउन आफू सदैव तत्पर रहेको बताउनुभएको छ ।बिकास निर्माणको अनुगमनमा बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, केन्द्रीय नेताहरु, स्थानीय, बुद्धिजीवि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।