Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

टुक्का साहित्य समाजको विशेष समारोह हुने

प्रभातफेरी अनलाइन ३४३ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)
टुक्का साहित्य समाजको विशेष समारोह हुने

काठमाडौं । टुक्का साहित्य समाजले यही माघ १७ गते एक कार्यक्रमको आयोजना गरेर आधा दर्जन बढी पुस्तकको एकसाथ विमोचन गर्ने भएको छ । समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा ११ः३० बजे शुरु हुने उक्त कार्यक्रममा २ दर्जन बढी व्यक्ति तथा संस्थाहरूलाई विभिन्न सम्मान पत्रहरू समर्पण गरिनेछ ।
विमोचन हुने टुक्का कवितासंग्रहहरू ’छन्दाहार’ संयुक्त टुक्का कवितासंग्रह, ताराप्रसाद चापागाईंको ’आवाजका रेखाहरू’ , बाबुराम पाण्डेको ’पत्थर’, दीपा गुरुङ समभावको ’कल्पनाका छालहरू’, बेदु न्यौपानेको ’मौन तरङ्गहरू’, पुष्पा राईको ’बह’ र चूडा निर्भीकको ’छन्द व्यञ्जना’ रहेका छन् ।
वर्ष उत्कृष्ट टुक्काकार सम्मान–२०८१ बाट एक पुरुष टुक्काकार र एक महिला टुक्काकारलाई समर्पण गरिनेछ । यो सम्मान हरेक वर्ष टुक्का कविता लेखनमा सक्रिय टुक्काकारहरू मध्ये पुरुष १ जना र महिला १ जनालाई समर्पण गर्ने गरिन्छ । यो वर्ष दाङका सुरेशकुमार पाण्डे र बाँकेकी पुष्पा सुवेदी आचार्य उत्कृष्ट वर्ष टुक्काकारमा पर्नु भएको छ ।
त्यस्तै ऐतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मानित गरिने भएको छ । टुक्का कविता विधामा ऐतिहासिक रेकर्ड रहने गरि देश विदेशका जुनसुकै सर्जकलाई यो सम्मान समपर्ण गर्ने गरिन्छ । यो वर्ष पुष्पा राई (खोटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गोरखा) सम्मानित हुनुहनेछ ।
टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिने भएको छ । टुक्का कविताको एकल वा संयुक्त संग्रह प्रकाशन गर्ने स्वदेशी वा विदेशी व्यक्तित्वहरूलाई यो सम्मान समर्पण गर्ने गरिन्छ । सम्मानित हुनुहुनेमा रामशरण न्यौपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खोटाङ) र वेदु न्यौपाने (काठमाडौँ) पर्नु भएको छ ।
त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१, ३ जना साहित्यकारलाई समर्पण गरिने भएको छ । संस्थागत वा व्यक्तिगत अभियान चलाएर टुक्का कविता विधाको उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी वा विदेशी सर्जकहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मानित हुनेमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन“ (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।
साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) कोटगढी साप्ताहिकलाई प्रदान गरिने भएको छ । टुक्का कविता विधाको उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी तथा विदेशी संस्था वा पत्रपत्रिकालाई यो सम्मान समर्पण गर्ने गरिन्छ ।
त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासंग्रहमा समावेश हुनुभएका १५ टुक्काकारहरूलाई समर्पण गरिने भएको छ । यो सम्मान संयुक्त टुक्का कविता प्रकाशनमा सहभागी टुक्काकारहरूलाई (नदोहोरिने गरि) समर्पण गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0