काभ्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २५ गते धुलिखेल आउने भएको छ ।
माओवादी केन्द्र काभ्रे जिल्ला संयोजक भोला अर्यालका अनुसार नवनिर्वाचित गाउँ तथा नगरपालिका समितिलाई बधाई तथा शुभकामना एवं राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धुलिखेल आउन लाग्नु भएकोे हो ।
कार्यक्रममा जिल्लाको १ सय ३५ वटै वडा समितिका पदाधिकारीसम्मका नेता कार्यकर्ताहरुको सहभागी हुने संयोजक अर्यालले जानकारी दिनुभयो । ‘कार्यक्रममा जिल्ला समितिका सदस्यहरु, गाउँपालिका समितिको सदस्यहरु, वडा समितिको पदाधिकारीहरु, सबै जनप्रतिनिधिहरु, ज.व.स., मोर्चाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, विभागको सदस्यहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु र पालिका कमिटी अध्यक्षहरु, शिक्षक र बुद्धिजीविको संगठनको सबै सदस्यहरु, गाउँपालिका सम्पर्क समन्वय समितिका पदाधिकारीहरु समेत गरी जिल्ला भरिका करिब ८ सय जना नेता कार्यकर्ताहरु सहभागी हुनेछन् ।’
संयोजक अर्यालका अनुसार कार्यक्रम माघ २५ गते बिहान ११ः३० बजे धुलिखेल नगरपालिकाको सभाहलमा हुनेछ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश हुने कार्यक्रम समेत रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |