चितवन । श्रीकृष्णप्रणामी प्राज्ञिक परिषद नेपालको प्रथम राष्ट्रिय भेला कृष्णकृपा धाम देवघाटमा सम्पन्न भएको छ । माघ १६ र १७ गते दुई दिन आयोजित भेलामा देशका विभिन्न जिल्लाबाट आउनुभएका प्राज्ञिक व्याक्तित्वहरूको सहभागी रहेको थियो ।
श्रीकृष्णकृपा धाम देवघाटका संरक्षक श्री १०८ तारा माताजीको प्रमुख आतिथ्यमा भएको सो भेलालाई श्रीकृष्णप्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री एस के शर्मा, श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका प्रतिनिधि श्री शिव दहाल एवम् श्री ५ पद्मावतिपुरीधाम पन्ना, मध्यप्रदेश भारतका दृष्टि श्री मदन कृष्ण शर्माले कार्य सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त भेलालेः प्रस्तुत गरिएको प्राज्ञिक परिषदको अवधारणामा छलफल गर्दै संस्थाको विधान पारित गर्नुका साथै प्राज्ञ श्री लोकेन्द्र ढकालको अध्यक्षतामा तपशील बमोजिमको १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यो समितिले तीन महिना भित्रमा संस्था दर्ता गरी महाधिवेशन गर्नेछ ।
तदर्थ समितिको अध्यक्षमा लोकेन्द्र ढकाल, भक्तपुर, उपाध्यक्षमा उद्धव नेपाल, काभ्रे, सचिवमा चन्द्रकुमार सुवेदी, झापामा, सहसचिवमा सुशीला ढकाल, काठमाण्डौ, कोषाध्यक्षमा हरिप्रसाद गजुरेल, मोरङ, सह कोषाध्यक्षमा डा. विजय रिजाल, सदस्यहरुमा विमलचन्द्र दाहाल कृष्णमङ्गलम महाराज, चितवन, मालती ओझा लमजुङ्ख, टहलदास सिवाकोटी (यात्री) झापा, परमानन्द मिश्र झापा, रामप्रसाद पराजुली भोजपुर, घनश्याम रसिक झापा, राज महर्जन काठमाण्डौ इश्वरचन्द्र पौडेल, चितवनन हरिप्रसाद न्यौपाने, चितवन जयप्रकाश प्रधान, रामेछाप रामकृष्ण तिवारी मकवानपुर, डिल्ली निरौला सोलुखुम्बु रहेका छन् भने लेखा समितिमा घनश्याम ढकाल, हरिप्रसाद न्यौपाने, जयप्रकाश घिमिरे रहनु भएका छ ।
नवगठित प्राज्ञिक परिषदको सल्लाहकारमा श्री प्रा डा बासुदेव उप्रेति, प्रा डा सूर्य प्रसाद सग्रेला, प्राज्ञ श्री गगा प्रसाद उप्रेति( नि. बर्तमान कूलपति, ने. प्र. प्र.), डा डिला सग्रैला, प्रा श्री वीनेद शर्मा, श्री लीला प्रसाद सापकेटा र श्री मदन कुषण शर्मा रहनु भएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |