logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

तानसेन पाल्पामा साहित्यकार मोहन दुवाल सम्मानित

प्रभातफेरी अनलाइन२२३ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार(१ साल अघि)
तानसेन पाल्पामा साहित्यकार मोहन दुवाल सम्मानित

२०८१ माघ १८ गते
तानसेन, पाल्पा । पाल्पामा भएको एउटा साहित्यिक कार्यक्रममा राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त राष्ट्रिय क वर्गमा वर्गीकृत साहित्यिक मासिक जनमतका प्रधान सम्पादक/वरिष्ठ साहित्यकार/अग्रज साहित्यिक पत्रकार र कर्मयोगी व्यक्तित्वका रुपमा मोहन दुवाललाई सम्मान गरिएको समाचार प्राप्त भएको छ ।
दुवालले नेपाली वाङमय र साहित्यिक पत्रकारिताको श्रीबृद्धिमा पाँच दशक अघिदेखि नै अनवरत रुपमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको सहिद दिवसको अवसरमा आयोजित विशेष साहित्यिक कार्यक्रममा निरन्तर साहित्यिक उन्नयनको लागि समर्पित साहित्यकारका रुपमा उहाँलाई ‘पासास सम्मान’ प्रदान गरिएको हो । उक्त सम्मानपत्रमा उल्लेख भएअनुसार उहाँले २०१८ सालदेखि साहित्यलेखन, वि.सं. २०२२–२०४९ सम्म शिक्षणसेवा, वि.संं २०२७ सालदेखि पत्रकारिता र वि.सं. २०२९ देखि हालसम्म समाजसेवामा अहर्निश समर्पित रही सेवा गरेवापत पाल्पा साहित्य समाज, पाल्पाले विशेष सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रममा समाजका अध्यक्ष पुष्करराज रेग्मी र संरक्षक राजेन्द्रगोपाल सिंहद्वारा मोहन दुवाल र भारती श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो –‘फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ । पाल्पाको साहित्यलाई पाल्पा साहित्य समाजले उचाइमा पु¥याउनुभएको छ ।’
मोहन दुवालको साहित्यिक यात्रा र जनमत मासिकको गौरवपूर्ण प्रकाशनका लागि शुभकामना मन्तव्य दिनुहुनेहरुमा समाजका अध्यक्ष पुष्करराज रेग्मी, पत्रकार तथा साहित्यकार घतानन्द शर्मा, पूर्व अध्यक्ष हरि भट्टराई, तानसेन गुठीका अध्यक्ष शकुन्तला बज्राचार्य, साहित्यकार सीताराम घिमिरे, सचिव सविता भट्टराई, पत्रकार सेनानी मेघराज शर्मा हुनुहुन्थ्यो ।