Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नै गल्तीले गर्दा डुब्छन् शेयर सदस्य

प्रभातफेरी अनलाइन १६२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (१ साल अघि)
Post Thumbnail

पछिल्लो समयमा आएर सहकारीमा कारोबार गर्ने शेयर सदस्यहरू डुब्ने गरेको साथै सञ्चालकहरूले हालिमुहाली गरेको भन्ने चर्चा निकै छ । शेयर सदस्यहरूको बचतलाई कुम्ल्याएर व्यक्तिगत फाइदाको लागि आगाडि बढ्नेहरूलाई कानुनी फन्दामा परिरहँदा पनि शेयर सदस्यहरूको बचत फिर्ता दिन सकको अवस्था छैन । सहकारीको स्थापनाकाल निकै लामो भएतापनि दुई दशकदेखि निकै चर्चामा आउन सफल भएको थियो सहकारी संस्था । बैठकहरूले भन्दा छिटो छरितो ढङ्गबाट सेवा दिदैँ जनताको मन जित्न सफल भएको सहकारी संस्थाहरू पछिल्लो समयमा आएर सहकारीको नाउमा केही कलंकित व्यक्तिहरूले गर्दा जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेको छ । विगतमा बैंकहरुले गर्ने व्यवहार झन्झटिलो साथै केकी कतै कर्मचारीहरू आर्थिक प्रलोभनमा पर्ने र सहकारीले निष्पक्ष व्यवहार गरेकोले जनताहरूले तरकारीहरूलाई माया गरेका हुन् ।
पछिल्लो समयमा आएर केही सहकारीका कलंकहरुले गर्दा घटनाहरू दिनपरदिन दिन बढ्न थालेको छ । शेयर सदस्यले खाई नखाई बचत गरेको निक्षेपलाई लिएर सहकारी सञ्चालकहरू भाग्ने गर्दा शेयर सदस्यहरूलाई शंका उत्पन्न हुनु नौलो होइन । तर जुन सहकारीले नीति सम्वत् नियमित रुपमा साधारण सभा गरेको छ, संस्थाको आय व्यय ठिक ढंगबाट सार्वजनिक गरेको छ, जुन संस्थामा सञ्चालकहरू सामाजिक रुपमा नैतिकवान् साथै इमानदारी छन्, जुन संस्थामा सञ्चालकहरूले संस्थाको आर्थिक पक्ष मासिक रुपमा नियाली रहेको छ, जुन संस्था स्थानीय रूपमै सञ्चालन भएको छ, यस्ता धेरै सकारात्मक पाटो भएका संस्थामा समस्या रहन्न भन्ने विषयमा शेयर सदस्यहरूले चनाखो हुँदै सहकारीको पहिचान गर्न जरुरी रहन्छ ।
कतिपय स्थानमा डुलुवा घुमन्ते सहकारी समेत आउने गरेका पाइन्छ । जुन खाले संस्थालाई घुमन गएको नयाँ स्थानका शेयर सदस्यहरूको खासै माया गर्दैनन् । घुम्दै आएको मलेवाले गाँड भरेपछि आफ्नै स्थानमा जाने जस्तै हो घुमुवा । संस्थामा रहेका सञ्चालकहरू कस्ता खाले छन् ? साधारण सभाले चुनेका छन् या मनोगत ढंगबाट जिम्मेवारी सम्हालेका छन् ? राजनीतिक दलको आडमा सञ्चालकमा चुनिएका छन् वा शेयर सदस्यहरूको चाहनामा निर्वाचित भएका छन् भन्ने विषयमा ध्यान दिन सक्दा शेयर सदस्यहरूमा कुनै शंका लिनुपर्ने अवस्था रहन्न ।
जुन स्थानीय तहमा सञ्चालन भएको तरकारीहरूलाई स्थानीय तहले कत्तिको निगरानीमा राखेको छ ? स्थानीय तहले सञ्चालनको लागि वा शाखा खोल्नको लागि अनुमति दिदा संस्थाको अवस्थाको बारेमा मसिनो ढंगले बुझेर मात्रै सिफरिस दिन जरुरी रहन्छ । जुन निकायको अनुमतिको आधारमा संस्था सञ्चालन हुन्छ भने सो संस्थाले गरेका राम्रा नराम्रा कार्यको जिम्मेवारी सिफारिस दिने निकायनै हुन जरुरी रहन्छ । यदि अनुमति दिने निकाय जिम्मेवार नरहने हो भने अनुमतिको कुनै अर्थ रहन्न ।
यदि संस्थालाई शेयर सदस्यहरूको मन जित्दै विश्वास हासिल गर्ने हो भने सञ्चालकहरूले संस्थाको अवस्थाको वारेमा जानकारी गराई रहन आवश्यक हुन्छ । सञ्चालकहरू तथा कर्मचारीहरूले निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप रोक्न जरुरी रहन्छ । सहकारीहरूमाथि हुनेगरेको दुरुपयोग लाई रोक्ने साथै शेयर सदस्यहरूको सुरक्षाको ग्यारेन्टी सरकारले साथै संस्था सञ्चालनको लागि अनुमति दिने निकायले गर्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0