Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानी र पानीको बारेमा स्थानीय भावना विपरित गरिएको निर्णय घातक सावित हुँदैछ

प्रभातफेरी अनलाइन ३२९ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (१ साल अघि)
खानी र पानीको बारेमा स्थानीय भावना विपरित गरिएको निर्णय घातक सावित हुँदैछ

पनौती । आश्विन महिनामा आएको विध्वंशकारी बाढीपहिरो र अबिरल वर्षापछि पानी कि खानी भन्ने बहस चर्काे रुपमा चल्यो । पनौती आसपासवासीले यो बहसमा केही सकारात्मक अनुभूति प्राप्त गर्ने अपेक्षा पनि राख्यो । बिडम्बना ! त्यो बहस धेरै दिन टिक्न सकेन । भू–माफिया र केही बिचौलियाहरुको मिलेमतोमा बिलय हुन पुग्यो । जसको परिणाम आज पनौती नगरपालिका भित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरूले वातावरणीय संकट निम्त्याइरहेको स्थानीय बासिन्दाहरूले गुनासो हो । ती उद्योगहरूबाट निस्किने बाक्लो धुवाँले वरपरका बस्तीहरूमा वायु प्रदूषण निम्त्याएको छ, जसका कारण त्यहाँका स्थानीय बासिन्दाहरुमा गम्भीर स्वास्थ्य समस्या देखा परेको छ ।
स्थानीय नागरिकहरूले विभिन्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रदूषणबारे जागरूकता फैलाउने प्रयास गरेता पनि क्रसर उद्योगहरू निर्धारित मापदण्डहरू पालना नगरी सञ्चालन भइरहेका छन् । जसले गर्दा वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । हामी प्रत्येक दिन धुलो र धुवाँसँगै बाँच्न बाध्य छौं । बालबालिका, वृद्धवृद्धा, सबैजना श्वासप्रश्वासको समस्याबाट ग्रसित छन्, स्थानीयवासी तारा खड्काले गुनासो पोखेका छन् । यसबारे स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले आवश्यक कदम चाल्नुपर्ने माग उठिरहेको छ । तर, हालसम्म यो समस्या समाधानका लागि कुनै प्रभावकारी कदम चालिएको छैन । यदि यसलाई नियन्त्रण गर्न पहल गरिएन भने भविष्यमा सिर्जना हुने कुनै पनि परिणामको जिम्मेवार पनौती नगरपालिका हुनुपर्ने स्थानीयको चेतावनी छ ।
यस विषयमा नगरभित्रका सरोकारवालाहरुले गम्भीरतापूर्वक लिएको देखिँदैन । वातावरणीय मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूविरुद्ध कारबाही गर्नुको सट्टा पुरस्कृत गर्ने संस्कारको विकास स्थानीय सरकारले गरेको स्थानीय पिडितहरुको गुनासो छ । किनकी प्रदुषणका विरुद्ध पटक–पटक माग गर्दै स्थानीयहरू आन्दोलित हुने तयारीमा जुटिरहँदा स्थानीय सरोकारवालाहरुले विभिन्न प्रलोभनमा आन्दोलनलाई तुहियाउने काम भएको हुँदा यसको पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्थानीय सरकारको नै हात भएको हाम्रो बुझाइ छ ।
केही दिन अगाडी पनि पनौती नगरपालिका वडा नं. ५ मा रहेको प्लाइउड उद्योगबाट निस्केको धुवाँको मुस्लोको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त धुवाँको प्रदुषणले बाताबरण प्रदुषण त भएकै छ साथै स्थानीयवासीहरुको स्वास्थ्यमा पनि उतिकै असर पारिरहेको छ । यस विषयमा पनि सम्बन्धित निकाय अझै मौन नै बसेको छ ।
उक्त प्रदुषित दृश्यलाई गुञ्जन बञ्जारा, लभ श्रेष्ठ र विनोद घटराजले सामाजिक सञ्जालमा पोष्ट गर्दै उद्योगबाट निस्केको धुवाँ र क्रसरबाट निस्केको धुलाम्मे दृश्य राखेका थिए । यसैगरी गत माघ १ गते स्थानीय युवा विवेक भट्टराईले कृत्रिम बादलको सृजना गर्दै गरेको दृश्य भनी धुवाँले बस्ती कुरुप बनाउँदै गरेको फोटो पोष्ट गरेका थिए ।
सामाजिक सञ्जालमा प्रयोग भएका यस्ता असभ्य शब्दहरुको सिकार हुन कसलाई पो मन लाग्छ ! तर पनौतीका जिम्मेवार नेतृत्वहरुलाई यि शब्दहरु अमृत वचन जस्तै भएका छन् । “भ्रष्ट नालायक पनौती नगरपालिका का ठुला बडाहरु जिन्दावाद !! सबै पार्टीका झोलेज्यूहरु जिन्दावाद !! त्यसैगरी पनौती नगरपालिका–७ का राजाराम कर्माचार्य लेख्छन्,–हावा पानी माटो सुरक्षितका लागि पैरवी जरुरी भनी कमेन्ट गर्ने हिम्मत जुटाएका थिए । यसै बिषयमा हामीले क्रसर सञ्चालकका बारेमा जानकारी लिने प्रयास गरेका थियौं तर सम्बन्धित वडाका वडा अध्यक्ष र नगर प्रमुखलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
यसले स्थानीय बासिन्दा मात्र नभई आसपासका क्षेत्रहरु समेत प्रदुषित बनाइरहेको तथ्यलाई नकार्न सकिन्न । भलै, प्रतिक्षाको घडी टुट्न सक्छ । त्यतिबेला पछुताएर केही हुँदैन । “न्याउरी मारी पछुतो” हुन बाहेक केही रहनेवाला छैन । त्यसैले यि घटनाक्रमहरु र प्रदुषणसँग जोडिएका विषयवस्तुका बारेमा सरोकारवाला पक्ष बेलैमा गम्भीर बनोस् भन्ने कामना हाम्रो हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0