प्रभातफेरी अनलाइन४४३ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार(१ साल अघि)
बनेपा । जिल्लामा रहेका ग्यारेज तथा वर्कशपहरुले समस्या केन्द्रित गरी अन्तरक्रिया सम्पन्न गरेका छन् । बनेपा नगर कमिटीका सचिव सुरेश गौतमले कार्यक्रमको सफलताको शुभकामना राख्दै श्रमिकहरुको क्षेत्रमा यो अभियान अनुकरणीय हुने बताउनुभएको छ ।
नेपाल अटो मेकानिक टे«ड युनियन बनेपा नगर कमिटी र नेपाल ओभरसिज ट्रेड कन्सर्न प्रालिको संयुक्त आयोजनामा काभ्रे जिल्लामा भएका वर्कशपहरुलाई एउटै थलोमा सहभागी गराई समस्या समाधान र चुनौतीका बारेमा बहस हुनु आफैंमा महत्वपूर्ण विषय रहेको सहभागीहरुको धारणा रहेको छ ।
भेलालाई नेपाल ओभरसिज ट्रेड कन्सर्न प्रालिका अमरज्योति रञ्जन, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्का, जिल्ला ट्राफिक कार्यालयका रामकुमार थापा, नेपाल अटो मेकानिक टे«ड युनियनका केन्द्रीय उपाध्यक्ष नारायण पुरी, बनेपा नगर कमिटीका अध्यक्ष नन्दलाल पट्टेल लगायतले वर्तमान अवस्थामा वर्कशप र अटो व्यवसायका बारेमा आ–आफ्ना धारणाहरु राख्नुभएको छ ।
कार्यक्रमको सञ्चालन नेपाल अटो मेकानिक टे«ड युनियन बनेपा नगर कमिटीका सल्लाहकार सदस्य एवं कार्यालय प्रमुख कृष्णप्रसाद बञ्जाराले गर्नुभएको थियो ।