Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनायो

प्रभातफेरी अनलाइन २८७ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनायो

काठमाडौं । वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवद्र्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत केही जुझारू युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बिच काठमाण्डौमा मनाएको छ ।
कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्य, साहित्यकार हरिभक्त सिग्देल÷हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रस्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजिवन सदस्यता सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
शनिबार आयोजित सो कार्यक्रमलाई सम्मानित व्यक्तित्व, विशेष अतिथि, प्रमुख अतिथि लगायतले सम्बोधन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने विशेष अतिथिद्वय हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच–पाँच हजार रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
स्मरण रहोस्, संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा शुरु भएको दस लाख रूपैयाँको ’सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो । यस वर्ष दुई जना स्रस्टालाई प्रथम पटक प्रदान गरिएको ’सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रस्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको जानकारी कार्यक्रमको सभापतित्व गरेका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले दिएका छन् ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0