प्रभातफेरी अनलाइन ३४८ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ७, मंगलबार (१० महिना अघि)
काभ्रेपलाञ्चोक/ बनेपाको चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क प्राथमिक उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बनेपा, चण्डेश्वरी र चौतारी उपशाखाको संयुक्त आयोजना तथा जिल्ला शाखाको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।

तीन दिन चलेको जात्रामा सोमबार र मंगलबार गरि दुई दिन रेडक्रसले प्राथमिक उपचार शिविर संचालन गरेको हो । जसमा २०० जनाभन्दा बढीलाई सेवा पुर्याइएको थियो । साथै एक हजार थान मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेका प्रशासन सहायक गोमा हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि घटनास्थलमा चिकित्सकको आगमनअघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुँचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । यस जात्रामा पनि भिडभाड धेरै हुने अवस्थालाई ध्यानमा राख्दै प्राथमिक उपचार शिविर संचालन गरिएको उहाँले बताउनुभयो ।
शिविरका लागि शिर मेमोरियल अस्पताल बनेपा र नेपाल परिवार नियोजन संघ काभ्रेको प्राविधिक सहयोग रहेको थियो । यस शिविरमा प्राथमिक उपचारभित्र पर्ने सबै प्रकारका सेवाहरु प्रदान गरिएको थियो । जसमा घाउको प्राथमिक उपचार, ब्लडप्रेसर जाँच, दुखाईमा लगाउने मुभ, घाउमा पट्टी बाँध्नेलगायतका सेवाहरु रहेका छन् । बेलाबेलामा रेडक्रसले यस्तो सहयोग गरिरहेको छ । आगामी दिनमा पनि सहयोग जारी रहने रेडक्रसले जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |