प्रभातफेरी अनलाइन ३२६ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ७, मंगलबार (१० महिना अघि)
काभ्रेपलाचोक/ काभ्रेपलाञ्चोकको बनेपामा रहेको शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आफ्नो स्थापना दिवस एक समारोहबिच मंगलबार सम्पन्न गरेको छ । उक्त स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टोर जी.गायेरसले गर्वका साथ नेपाली जनताको लागि हेरचाह गर्ने सेवाको विरासतलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘गुणस्तरीय सेवा हाम्रो प्राथमिकता हो । अस्पतालले इन्डोस्कपी,आँखा, हाडजोर्नी सम्बन्धी, २४ घण्टा इमरजेन्सी, रेडियोलोजी, अल्ट्रासाउन्ड, भेनस डोपलर, पिसाबसम्बन्धी, चर्मरोग, यौनरोग तथा दुर्बलता, बालरोग, आन्तरिक चिकित्सा, सामान्य तथा ल्याप्रोस्कोपी सर्जरी, नाक, कान, घाँटी (इएनटी), प्रसुति तथा स्त्रीरोग, फार्मेसी, सामुदायिक स्वास्थ्य, दन्त उपचार, फिजियोथेरापी, इन्डोक्राईनोलोजी, सघन उपचार, डिजिटल रेडियोग्राफी, कार्डियोलोजी, इकोकार्डियोग्राफी, कारोटिड डप्लर, क्लिनिकल ल्याब्रोटरी, एनेस्थेसिया लगायतका सेवाहरु अनुभवी डाक्टर तथा विशेषज्ञ डाक्टरहरू मार्फत उपलब्ध गराउँदै आएका छौं । हालसालै मात्र अस्पतालले पछिल्लो समय सिटी स्क्यान सहितका नयाँ र प्रविधि सहितका गुणस्तरीय सेवाहरु उपलब्ध गराउँदै आएका छौं ।’

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालका कर्मचारीहरूको एउटै मिशन विरामीकेन्द्रित करुणादायी सेवा उपलब्ध गराउने रहेको बताउनुभयो । समारोहमा अस्पतालले विशिष्ट सेवाहरूको साथमा सबै विरामीहरुलाई आधारभूत आपतकालीन सेवाहरू समेत उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ । शीर मेमोरियल अस्पतालमा हाल ६५ भन्दा धेरै चिकित्सक तथा शल्य–चिकित्सकहरूको टोली विरामीको सेवामा सक्रिय रहेको र अन्तराष्ट्रिय मापदण्डको साथमा उच्चस्तरीय उपचार सेवाका लागि २४ सै घण्टा सेवा उपलब्ध गराएको जानकरी कार्यक्रमा दिइएको थियो ।
२०१३ सालमा स्वास्थ्य सेवाको अभावलाई मलहमपट्टी लगाउने अभिप्रायबाट घरको दलानमा विदेशीहरूबाट सेवा सुरु हुँदाको कथा आफैंमा मनन योग्य मात्र थिएन, त्यसले सिङ्गो मुलुकसँगै छिमेकी देशमा समेत प्रभाव छोडेको कथन आज पनि अग्रजहरूबाट सुन्न पाइन्छ । त्यो इतिहास आज सार्थक हुन पुगेको छ । समयको माग सँगै आफुलाई प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रवाह गर्न अब्बल भएको छ । अस्पतालले हाल गम्भिर प्रकृतिका रोगहरुको समेत उपचार गर्दै आइरहेको छ । अस्पतालले चौविसै घण्टा आकस्मिक सेवा सहित स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक कान घाँटी, आँखा लगायतका रोगहरूको ओपीडी सहितको सम्पूर्ण उपचार सेवा प्रदान गर्दैै आएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |