प्रभातफेरी अनलाइन १५४ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार (९ महिना अघि)
काभ्रेपलाञ्चोक/ सामाजिक दायित्व अन्र्तगत लायन्स क्लव अफ केटिएम पूर्व क्षितिज काभ्रे ३२५ आइ नेपालले थप उर्जा प्राप्तीसँगै योगदानको उच्चकदर स्वरुप आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्री सञ्विनी नमुना माध्यमिक विद्यालयका प्राचार्य टंक थापाले नेपालको सन्दर्भमा लायन्स क्लबहरुले समाज रुपान्तरणमा पुर्याएको योगदानको जतिनै चर्चा गरेपनि अपुग हुने बताउनुभएको छ ।

सम्बोधनका क्रममा आज सञ्जिवनी नमुना माध्यमिक विद्यालयमा अध्यनरत बालबालिकाहरूमा आएको अनुशासनमा आएको पविर्तनलाई लिने हो भने पनि उच्च सम्मानको एक नमुना मान्न सकिन्छ । यहाँ कुनै पात्र नभएर त्यसका पछाडी लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको योगदानलाइ सम्झनु पर्छ । भलै हाम्रा अगाडी प्रह्लाद जि हुनुहुन्छ, तर पर्दा पछाडी संस्थाको महत्वपूर्ण हात छ जसको योजनाले हाम्रो विद्यालयमा कक्षा व्यवस्थापन देखि सिङ्गो विद्यालयको स्वरुपमै आमुल परिर्तन आएको छ । त्यसमा तपाई हामी सबै शिक्षक, अभिभावक, व्यवस्थापन समितिको योगदान छ । जसको नेतृत्वदायी भूमिकामा देखिनुभएको प्रह्लाद जी हुनुहुन्छ । एउटा कुशल नेतृत्वले जिम्मेवारी कसरी सम्हाल्न सक्छ भन्ने उदाहरण हाम्रो विद्यालयमा विद्यार्थी व्यवस्थापनमा देखिएको परिवर्तनले पुष्टी गर्दछ । सकारात्मक परिवर्तनका लागि यो अभियान जिल्लामै नमुना सावित भएको छ । जव व्यस्थापनमा उहाँको आगमन भयो त्यसले विद्यायको अनुसासनमा अनुकरणीय परिवर्तन संगै हामी शिक्षकहरुमा समेत केहि गर्नुपर्छ भन्ने भावनाको विकास भएको तपाई हामी शिक्षकहरुकै मुखबाट मैले सुन्ने अवसर पाएको छु । यति मात्र होइन, अभिभावकहरुबाट पनि हिजोको सञ्जिवनीका विद्यार्थीहरुको चोक चोक गल्ली गल्ली र होटल रेस्टुरेन्टमा बरालिएको गुनासो नआएका होइनन् तर एकाएक जादुको छडी सावित भयो ।
व्यस्थापन समितिमा प्रह्लाद जीको आगमनले चमत्कारी परिवर्तन ल्याएको विद्यालय प्रशासनले अनुभुती गरेको छ । त्यसैे विद्यालय र विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि खेल्नुभएको अनुकरणीय भूमिकाका बारेमा सञ्जिवनी विद्यालय परिवार ऋणी छ । विगत देखिनै प्रह्लाद जीको लगावलाई हामीले नजिकबाट नियाल्दै आएका छौं । निस्वार्थ भावले ओतप्रोत भएको प्रह्लाद जीको सेवामा देखिन्छ । जसको एउटा उदाहरण आजको यो सम्मान कार्यक्रमलाई लिन सकिन्छ । यसले तपाई हामी सबै शिक्षक विद्यार्थीमा उर्जा प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु भन्दै प्राचार्य थापा थप्नुहुन्छ, म प्राचार्यको नातालेमात्र नभइ सिंङ्ग सञ्जिवनीले अपेक्षा गरेको छ, सेवा भावलाई प्रेरणा प्रदान गर्ने उद्देश्यसहित आएका यस्ता कार्यक्रमलाई विद्यालयले पनि अनुसरण गरेर निरन्तरता दिनेछ । त्यसको लागि कक्षा व्यवस्थापन समिति (सिएमसी) लाई प्रभावकारी बनाउने दायित्व विशेषत कक्षा शिक्षकमा निर्भर रहने हुँदा २२ वटै कक्षा शिक्षकहरुले यो अभियानलाई अपनत्व ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा सहित सम्मानित हुने अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक सुन्दर लाल श्रेष्ठप्रति बधाइ ज्ञापन गर्दछु भन्नुहुँदै प्राचार्य थापाले लायन्स क्लब जस्ता मानवीय संस्थाबाट हामी शिक्षकहरुले पनि आफुलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |