प्रभातफेरी अनलाइन १३५ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार (९ महिना अघि)
काभ्रेपलाञ्चोक/ सामाजिक दायित्व अन्र्तगत लायन्स क्लव अफ केटिएम पूर्व क्षितिज काभ्रे ३२५ आइ नेपालले थप उर्जा प्राप्तीसँगै योगदानको उच्चकदर स्वरुप आयोजित सम्मान कार्यक्रममा वेष्ट सिएमसि टिचर अफ द इयर २०२५ बाट सम्मानित हुनुभएका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक सुन्दरलाल श्रेष्ठले नेपाली समाजलाई सकारात्मक बाटोतर्फ अभिप्रेरित गर्नेमा लायन्स क्लबहरुको अनुकरणीय भूमिका छ भन्नुहुँदै लायन्स समाज रुपान्तरणको एउटा हिस्साको रुपमा स्थापित हुन पुग्नु आफैंमा गौरवको विषय बनेको छ । आज मलाई जुन सप्र्राइज प्राप्त भएको छ, त्यसका बारेमा म सँग सम्बोधन गर्ने शब्दनै छैन ।

यो सम्मानमा मेरो मात्र नभएर हामी सबै शिक्षकहरुको समान योगदान छ । मेरो एक्लो प्रयासले मात्र यो उपलब्धी हासिल भएको छैन । यसमा मेरा सहयात्री सबै शिक्षकहरुको समान योगदान छ । जहाँ सामूहिक भावना हुन्छ त्यहाँ अपनत्वको विकास हुन्छ । आज जुन विधामा लायन्स डिस्ट्रकले सम्मान गरेको छ, त्यसका बारेमा धेरै चर्चा गरिराख्नुपर्ने देख्दिन । काम गर्नुहास् फलको आस नराख्नुस् भन्ने भावनाबाट समाजप्रति समर्पित हुने हो भने सम्मान त्यसलाई पक्ष्याउँदै आउँछ । जसको एउटा उदाहरण यस कार्यक्रमलाई लिन सकिन्छ । यो सम्मानले मेरो दायित्व र जिम्मेवारी अझ थपिएको मात्र छैन, लायन्स अभियानप्रति ऋणी भएको छु । विश्वको सबैभन्दा ठूलो मुनाफा रहित मानविय संस्था जहाँ २१२ भन्दा बढी मुलुकमा सञ्जाल स्थापित भएर सामाजिक संस्थाका रुपमा आफुलाई अगाडी स्थापित गर्न सफल लायन्स अर्गनाइजेशनबाट सम्मानित हुन पाउनु आफैंमा गौरवको विषय बनेको यस्ता किसिमको प्ररणाले केहि गर्छु भन्ने भावना भएकाहरुमा इच्छाशक्ति बढ्छ नै साथै मानवीय भावनाको विकास हुन्छ । आसा छ भावि दिनमा लायनवादको महत्वलाई अझ उचाइमा पुर्याउने प्रणपनि राख्छु भन्दै सम्मानित शिक्षक श्रेष्ठले यसकिसिमको सप्र्राइज प्रदान गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षप्रति आभार समेत व्यक्त गर्दछु भन्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |