रेडक्रसको अभिमुखिकरण कार्यक्रम सम्पन्न
प्रभातफेरी अनलाइन ४७६ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण ८, बुधबार (८ महिना अघि)
काभ्रेपलाञ्चोक/ नेपाल रेडक्रस सोसाइटी खोपासी उपशाखाको आयोजनामा लेखा व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित सो अभिमुखिकरण कार्यक्रममा सहभागि रेडक्रसकर्मीहरुले लेखा प्रणालीलाई चुस्त र पारदर्शी बनाउने अठोट लिएको रेडक्रस काभ्रे शाखाका मन्त्री राजु सिग्देलले बताउनुभएको छ ।
विश्वको एकमात्र मानवीय संस्थाको रुपमा स्थापित रेडक्रस सोसाइटी जसले विसुद्ध मानविय सेवामा आफुलाई समर्पित गरेको छ । त्यहि संस्था नेपाल रेडक्रस सोसाइटी, काभ्रे शाखाले आफ्नो स्थापना कालदेखि मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको तथ्यलाई काभ्रेली जनताले भुल्ने छैनन् । पछिल्लो समय काभ्रे जिल्लामा विपते व्यवस्थापनमा आफुलाई जुन किसिमबाट स्थापित ग¥यो त्यसले अझ रेडक्रसको महिमालाई उचाइमा पु¥याएको आभाष दिन्छ । त्यसैको निरन्तरतास्वरुप आफ्नो शाखा अन्र्तगतका उपशाखाहरुलाई पारदर्शी दायित्वबोध गराउने उद्देश्य सहित आयोजित उपशाखास्तरीय लेखा व्यवस्थापन अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शाखाका मन्त्री सिग्देलले जुन अपेक्षा राखेर उपशाखाहरुले नेतृत्व सुम्पिएका छन्, त्यसमा कुनै किसिमको आँच आउन नदिने किसिमबाट जिल्ला शाखालाई मुलुकमै नमुना जिल्ला शाखाको रुपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रे कार्यक्षेत्रमा समर्पित भएको बताउनु भएको छ ।

जुन अपेक्षा रेडक्रसका अभियान्ताहरुले राख्नुभएको छ, त्यसमा हामी नेतृत्वकर्मीहरु प्रतिबद्ध छौं । रेडक्रसको विधानबमोजिम पौष मसान्तभित्र जुन जुन उपशाखामा निर्वाचन गराउनुपर्ने हो ति उपशाखाहरुमा कुशल नेतृत्व प्रदान गर्न रेडक्रस अभियान्ताहरुलाई प्रेरणा सहित नेतृत्वमा लैजानका लागि जिल्ला शाखा प्रतिबद्धता व्यक्त गर्दछ भन्नुहुँदै आज जुन विषयमा अभिमुखिकरण हुन गइरहेको छ, यसले उपशाखाको लेखा प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास जिल्ला शाखाले राखेको जानकारी दिनुभयो । जिल्ला शाखाले आयोजना गर्नुपर्ने कार्यलाई खोपाशी उपशाखाले आयोजना गरेर यो अभियानमा अनुकरणिय भूमिका निर्वाह गरेको छ । हामी जिल्ला शाखा खोपाशी उपशाखाको ऋणी भएका छौं । काभ्रे जिल्ला विपत्को प्रताडित जिल्लाको रुपमा गनिएको छ । जिल्लामा भएका विपतहरुबाट पनि यि कुराहरुलाई पुष्टि गरिरहेको छ । यो अवस्थामा उपशाखाहरुको भूमिकालाई लिएर पिडितहरुको पिडामा गुनासाहरु नथपिउन् भन्ने उद्देश्यसहित आयोजित कार्यक्रमले उपशाखाको आर्थिक पारदर्शीता, लेखापरीक्षण, संस्थाको दायित्व, बैंकिङ कारोबार, कर सन्तुलन परीक्षण तयार गर्ने विधि, बहीखाता अभिलेख, जोखिम आर्थिक प्रणाली, दिनुपर्ने भुक्तानि, बैंक हिसाव मिलान लगायतका विषयमा विज्ञहरुबाट प्रशिक्षित गराउने अवसर मिल्नु आफैँमा एक महत्वपूर्ण पक्षको रुपमा जिल्ला शाखाले लिएको खुलासा गर्नुभएको छ ।

कार्यक्रममा रेडक्रसकर्मी एवं सहकारी अभियान्ता अच्युतप्रसाद गुरागाईंले काभ्रे जिल्लाको रेडकक्रसको स्थापनाको इतिहासलाई हेर्ने हो भने, खोपासी उपशाखाले गरेका सकारात्मक गतिविधिको जतिनै प्रसंशा गरेपनि अपुग हुने बताउनुभयो । उहाँले रेडक्रस जस्तो मानवीय संस्थालाई पछिल्लो समय गिजोल्ने गतिविधिले यसको महिमामा कतै ठेस त पुगेन ? नेतृत्वले यसबारेमा गम्भिर समिक्षा गर्नेछ भन्ने अपेक्षा सहित जिल्लाका ३८ वटै उपशाखाबाट प्रतिनिधित्व गर्नुहुने तपाईं प्रतिनिधिहरुले लेखा प्रणालीको बारेमा सिक्नु र सिकाउनुहुनेछ भन्ने अपेक्षा राखेको खुलासा गर्नुभएको छ । यसैगरी कार्यक्रममा सम्बोधन गर्दै जिल्ला शाखाका कोषाध्यक्ष प्रेमकुमार तामाङले लेखा व्यवस्थापन अभिमुखिकरणले उपशाखाहरुको अभिलेखिकरणमा चुस्तदुरुस्त हुनुका साथै लेखा प्रणालीमा पारदर्शीता स्थापित हुनुभनेकै सामाजिक रुपमा संस्थाको छवि उच्च रहनु मानिन्छ । जसको लागि यो अभियान कोषेढुङ्गा सावित हुने जिल्ला शाखाले अपेक्षा राखेको छ ।
कार्यक्रममा प्रशिक्षक बद्रीप्रसाद गौतमले वि.सं. १९३६ बाट सुरु भएको अभिलेखिकरण २०२० सम्म सिमित रह्यो, त्यसपछि मात्रै दोहोरो श्रेष्ता प्रणालीका रुपमा विकास भएको लेखा सम्बन्धी अभिलेखिकरण आजको दिनमा आइपुग्दा एकीकृत लेखा प्रणालीको रुपमा स्थापित हुन सफल भएको छ । प्रचलित लेखा मान अनुसार अभिलेख राख्नका लागि दक्ष जनशक्तिका अभाव छ । यो अभाव पूर्ति त्यति सहजै हुने अवस्था भने पक्कै छैन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले जुन किसिमको प्रयास गरेको छ, यो रेडक्रसको सवालमा सकारात्मक सुरुवातको रुपमा लिनुपर्छ । आज जतिपनि विषयवस्तु समेट्ने जमर्को गरिएको छ, त्यसले उपशाखाहरुलाई लेखा प्रणालीमा आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा एक प्रशिक्षकले राख्नु स्वभाविक हो । जति पनि उपशाखाहरुको यहाँ उपस्थिति रहेको छ । यो अभिमुखिकरण तालिम पश्चात आफुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु तपाई रेडक्रस अभियान्ताहरुको दायित्व पनि हो भन्ने लाग्छ ।
आफुले सिकेको सिपलाई जति उपयोग गर्यो त्यतिनै उपलब्धिमुलक हुने हुँदा, यसतर्फ यहाँहरुले आफुलाई समर्पित गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रवक्त एवं नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पदेन प्रतिनिधि, अप्सरा ढंगाना, नेरेसो काभ्रे शाखाका कार्यालय प्रमुख त्रिरत्न राजबाहक लगायतले कार्यक्रमको औचित्य र यसले भविष्यमा पार्ने प्रभावकारीताका बारेमा आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता खोपासी उपशाखाका सभापति उषा सत्यालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न उपशाखाबाट ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |