Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेलीलाई निःशुल्क रगत उपलब्ध गराउने अभियानमा सदैव सहयोग रहन्छ : थापा

प्रभातफेरी अनलाइन १२५ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २२, बुधबार (७ महिना अघि)
काभ्रेलीलाई निःशुल्क रगत उपलब्ध गराउने अभियानमा सदैव सहयोग रहन्छ : थापा

काभ्रेपलाञ्चोक/ नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभा सदस्य एवं सामाजिक विकासमन्त्री किरण थापाले जनतालाई निः शुल्क रगत उपलब्ध गराउने अभियानमा सदैव सहयोग रहने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले सुरु गरेको दुई करोड रुपियाँको अक्षयकोष स्थापना अभियानलाई शुभारम्भ गर्नुहुँदै मन्त्री थापाले रेडक्रसले भूकम्प, बाढीपहिरो लगायत विपत्का घटनामा खोज तथा उद्धारको काम गर्दै आएको बताउनुभयो । उहाँले विपत्जन्य घटना, रगत अभावको समयमा सबैले रेडक्रसलाई सम्झने गरेको बताउँदै जिल्लावासीका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि जिल्ला शाखाले सुरु गरेको अक्षयकोष स्थापना अभियान धेरै राम्रो कामको सुरुवात भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशभित्रका १३ वटा जिल्लाका जिल्ला रेडक्रसमार्फत विपन्न नागरिकका लागि निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो । “गत आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेशभित्रका विपन्न नागरिकका लागि एक करोड ६७ लाख रुपियाँ बराबरको रगत निःशुल्क वितरण गरेको छ,” स्वास्थ्यमन्त्री थापाले भन्नुभयो, “रेडक्रसले सुरु गरेको अक्षयकोष स्थापनाका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।”

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसले सुरु गरेको अभियान सराहनीय रहेको बताउँदै उक्त अभियानमा जिल्लाका सबै स्थानीय तहलाई सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले बनेपा नगरपालिकाले हाल रेडक्रसलाई वार्षिक १० लाख रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । जिल्लावासीका लागि निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अक्षयकोष स्थापनाका लागि सहयोग रकम सङ्कलन अभियानका लागि नगरपालिकाको हिउँदे अधिवेशनमा पहल गरिने र आफ्नो व्यक्तिगत हाललाई ५० हजार नगद सहयोग गर्ने सम्बोधनका क्रममा बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रेडक्रसले सुरु गरेको अभियानले रगतको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । रेडक्रस काभ्रे शाखाका सभापति देवेन्द्रप्रसाद भैलले रगतको अभावमा कुनै पनि जिल्लावासीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रेडक्रस जिल्ला शाखाले जिल्लावासीका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि अक्षयकोष स्थापनाका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउनका लागि एक वर्षमा न्यूनतम दुई करोड रुपियाँको अक्षयकोष स्थापना गरिने बताउनुभयो । उहाँले अक्षयकोषमा दुई करोड रकम पुगेपछि मात्रै जिल्लावासीका लागि कार्यविधि बनाएर निःशुल्क रगत उपलब्ध गराउने बताउनुभयो ।

रेडक्रस सभापति भैलले दुई करोड रुपियाँको कोषको रकमबाट प्राप्त भएको ब्याज रकमबाट जिल्लावासीका लागि निःशुल्क रगत उपलब्ध गराउने बताउँदै यो सेवा सुरु भएपछि आर्थिक अभावका कारण रगत किन्न नसकेर कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । रेडक्रसले आइतबारसम्म २८ जना सहयोगीबाट सात लाख २१ हजार ९१६ रुपियाँ नगद सङ्कलन गरेको जनाएको छ । सहयोगको प्रतिबद्धता जनाएकामध्ये २० जनाको रकम आउन बाँकी रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ रेडक्रस अभियानता एवं सहयोगीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित प्रतिष्ठत व्यक्तित्वहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0