प्रभातफेरी अनलाइन २२२ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २६, आईतबार (७ महिना अघि)
ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर बिष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्नेसम्बन्धी औपचारिक सहमति भएको हो । एक कार्यक्रमकाबिच दुबै पक्षबीच सहमति–पत्रमा हस्ताक्षर भएको हो ।

‘राधा–लक्ष्मण पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त पुरस्कारको लागि लक्ष्मणबहादुर बिष्टले एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न सहमति जनाएका छन् । उक्त रकमको वार्षिक ब्याजबाट हरेक वर्ष एक जना कृयाशील पत्रकारलाई सम्मान गरिनेछ ।
महासंघ ललितपुर शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्की र लक्ष्मणबहादुर बिष्टले सहमती पत्रमा हस्ताक्षर गर्दै उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

सहमति–पत्रअनुसार पुरस्कारको सम्पूर्ण कार्यविधि तथा छनोट प्रक्रिया महासंघले निर्माण गर्नेछ । पुरस्कार अर्थ, राजनीति, अपराध, कृषि, धर्म, संस्कृति तथा कलाका क्षेत्रहरूमा कलम चलाउने कृयाशील पत्रकारलाई प्रदान ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए ।
पुरस्कार प्राप्त गर्न नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आबद्ध सदस्य मात्र योग्य हुनेछन् । स्वर्गीय राधा विष्टको स्मृतिमा नयाँमार्ग साप्ताहिकका सम्पादक÷प्रकाशक लक्ष्मण बहादुर विष्टले स्थापना गर्न सहयोग गरेका हुन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |