प्रभातफेरी अनलाइन १४४ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १, आईतबार (७ महिना अघि)
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव, शिव ताण्डव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
भजन ‘हरे कृष्ण’
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …
भजन गरौँ उमेर छँदै दुईदिने यो चोला
भोलि भोलि भन्दाभन्दै दिन कति होला ।
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..
कर्म गरे पुन्य मिल्छ, मिल्छ ठुलो नाम
सजाउन सकिएन मनमन्दिरमा राम
जति लालच गरे पनि भरिँदैन झोला
भजन गरौँ उमेर छँदै दुईदिने यो चोला ..
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …
उनकै भजन किर्तन गरी तर्छन् कति पार
हाम्रो पनि मन लागोस् त्यतै बारबार ।
अन्तिम सत्य जिन्दगीमा जानैपर्छ खोला
भजन गरौ उमेर छदै दुईदिने यो चोला
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …
पुग्ने मार्ग अनेक छन् तर एकै धाम
जपौँ कृष्ण जपौ राम अनेकछन् नाम ।
कुरी बस्नु छैन कैले बुढेसकाल होला
भजन गरौँ उमेर छँदै दुईदिने यो चोला
लगाउ ध्यान प्रभु मै जपौ नाम हरि कै ..
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे
हरे राम हरे राम राम राम हरे हरे …
‘हरे कृष्ण’ भजनको भिडियो हेर्नुहोस् !
भगवान श्री कृष्णको लिला अपरम्पार छ । भजन गाउनु भनेको त भगवानलाई पूजा गर्नु हो, शब्दलाई आरतीको थालमा राखेर स्वरको फूल चढाउनु हो, यिनै प्रभुको भक्तिगान, विशेषता अनि उनी संगको पुकार मिश्रित भजन ‘हरे कृष्ण’ श्री भजनन्स् युट्व च्यालन मार्फत सार्वजनिक भएको छ । भर्खरै ‘शिव ताण्डव’ गाएर छुट्टै चर्चा बटुलेकी व्यक्तित्व, भक्ति संगीतमा ख्यातिप्राप्त गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत, बबिना भट्टराई र बैकुण्ठ प्रधानको स्वर तथा उत्तम ‘विचार’ भेटुवालको शब्द रहेको भजन ‘हरे कृष्ण’ विनोद कुमार भुजेलको एरेन्जमा रेकर्ड गरिएको हो । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
ऐ.जे. अजुको छायाँकंन र निर्देशनमा निर्मित भिडियोमा प्रिया नगरकोटीको श्रृङ्गारमा बबिना आँफै फूलको थुङ्गा झैं भजनको लयमा मग्न छिन्, उनलाई गायक बैकुण्ठ प्रधानले साथ दिएका छन् । भिडियोको सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन् ।
श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजन ‘हरे कृष्ण’ का सन्दर्भमा बबिना भजन गाउँदा आँफू अध्यात्मको एउटा गहिरो भावमा डुब्ने गरेको र कृष्ण भजन गाउँदा आँफूलाई राधाको रुपमा महशुष गर्ने बताउँछिन् । उनी भन्छिन् म भजन गाउँदा भजनका शब्दहरु र भावको यति गहिराईमा पुग्छु कि लाग्छ म अर्कै लोकमा छु, भगवान श्री कृष्ण मेरो साथीको रुपमा म संगै हुनुहुन्छ म वहाँ कि राधाको रुपमा आँफूलाई पाउँछु, कृष्ण भजन मात्र होइन हरेक भजनमा म सोहि रुपमा गहिराईमा डुब्छु, मातारानीका भजनहरु गाउँदा माता रानी म आँफू संगै रहनु भएको महशुष गर्छु, शिव ताण्डव भजनमा शिव जी लाई मेरै अगाडि ताण्डव नृत्यमा पाउँछु, भगवान र माता रानीको म प्रतिको कृपा रहेको मैले महशुष गर्ने गर्दछु ।
श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजनको सन्दर्भमा इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म मा प्रस्तोता हरिराम पौडेल संगको विशेष अन्तर्वार्तामा उत्तम विचार भेटुवालले यो विशेष अवसरमा ‘हरे कृष्ण’ भजन सार्वजनिक हुनु आफ्नो लेखन यात्राको एउटा महत्वपूर्ण अवसर भएको बताएका छन् । उनी भन्छन् ‘धेरै गीत, गजलहरु सार्वजनिक भए पनि भजन भने यो नै पहिलो भएकोले म अझै उत्साहित छु, श्री कृष्ण प्रति आफ्नो हृदयको गहिराईमा उब्जेका भावलाई शब्दको रूप दिएर श्रीकृष्ण भक्तिगान बनेको र त्यस दिव्य कृष्ण भजनमा संगीत र सुमधुर स्वरले प्राण भर्ने काम श्रद्धेय गायिका तथा संगीतकार बबिना भट्टराई ज्यूले गर्नु भयो, जसको स्वरमा भक्ति छ, माधुर्य छ, एक अदृश्य आध्यात्मिक स्पर्श छ जसले गर्दा मेरा शब्दहरुले नयाँ जीवन पाएका छन् । यो कृष्णअष्टमी मेरा लागि केवल एक पर्व मात्र नभई जीवनकै एउटा अविस्मरणीय क्षण बनेको छ, यो अनमोल अवसरका लागि म गायिका तथा संगीतकार बबिना भट्टराईप्रति कृतज्ञता सहित आभार व्यक्त गर्दछु । अव यो कृष्ण भजन सार्वजनिक भएर संसारसँग बाँडिएको छ, लाखौ भक्तजनहरुले श्रवण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, यो अलौकिक दिव्य अवसरको लागि गायिका तथा संगीतकार बबिना भट्टराई, बैकुण्ठ प्रधान तथा भजन सम्वद्ध सम्पूर्ण टिम प्रति श्रद्धाभाव व्यक्त गर्दछु ।
हातमा मुरली, शिरमा मयुरको प्वाँख, शितल बगैंचामुनी तथा जंगलमा गाई चराउनु, गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन गुञ्जन भगवान श्री कृष्णका विशेषता हुन् । श्याम वर्णका भगवान श्री कृष्णको लिला अपरम्पार छ । भजन गाउनु भनेको त भगवानलाई पूजा गर्नु हो, शब्दलाई आरतीको थालमा राखेर स्वरको फूल चढाउनु हो, यिनै प्रभुको भक्तिगान, विशेषता अनि उनी संगको पुकार मिश्रित भजन ‘हरे कृष्ण’ श्री भजनन्स् युट्व च्यालन मार्फत सार्वजनिक भएको छ । भर्खरै ‘शिव ताण्डव’ गाएर छुट्टै चर्चा बटुलेकी व्यक्तित्व, भक्ति संगीतमा ख्यातिप्राप्त गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत, बबिना भट्टराई र बैकुण्ठ प्रधानको स्वर तथा उत्तम ‘विचार’ भेटुवालको शब्द रहेको भजन ‘हरे कृष्ण’ विनोद कुमार भुजेलको एरेन्जमा रेकर्ड गरिएको हो । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
ऐ.जे. अजुको छायाँकंन र निर्देशनमा निर्मित भिडियोमा प्रिया नगरकोटीको श्रृङ्गारमा बबिना आँफै फूलको थुङ्गा झैं भजनको लयमा मग्न छिन्, उनलाई गायक बैकुण्ठ प्रधानले साथ दिएका छन् । भिडियोको सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन् ।
हातमा मुरली, शिरमा मयुरको प्वाँख, शितल बगैंचामुनी तथा जंगलमा गाई चराउनु, गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन गुञ्जन भगवान श्री कृष्णका विशेषता हुन् । श्याम वर्णका भगवान श्री कृष्णको लिला अपरम्पार छ । भजन गाउनु भनेको त भगवानलाई पूजा गर्नु हो, शब्दलाई आरतीको थालमा राखेर स्वरको फूल चढाउनु हो, यिनै प्रभुको भक्तिगान, विशेषता अनि उनी संगको पुकार मिश्रित भजन ‘हरे कृष्ण’ श्री भजनन्स् युट्व च्यालन मार्फत सार्वजनिक भएको छ । भर्खरै ‘शिव ताण्डव’ गाएर छुट्टै चर्चा बटुलेकी व्यक्तित्व, भक्ति संगीतमा ख्यातिप्राप्त गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत, बबिना भट्टराई र बैकुण्ठ प्रधानको स्वर तथा उत्तम ‘विचार’ भेटुवालको शब्द रहेको भजन ‘हरे कृष्ण’ विनोद कुमार भुजेलको एरेन्जमा रेकर्ड गरिएको हो । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
ऐ.जे. अजुको छायाँकंन र निर्देशनमा निर्मित भिडियोमा प्रिया नगरकोटीको श्रृङ्गारमा बबिना आँफै फूलको थुङ्गा झैं भजनको लयमा मग्न छिन्, उनलाई गायक बैकुण्ठ प्रधानले साथ दिएका छन् । भिडियोको सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन् ।
श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजन ‘हरे कृष्ण’ का सन्दर्भमा बबिना भजन गाउँदा आँफू अध्यात्मको एउटा गहिरो भावमा डुब्ने गरेको र कृष्ण भजन गाउँदा आँफूलाई राधाको रुपमा महशुष गर्ने बताउँछिन् । उनी भन्छिन् म भजन गाउँदा भजनका शब्दहरु र भावको यति गहिराईमा पुग्छु कि लाग्छ म अर्कै लोकमा छु, भगवान श्री कृष्ण मेरो साथीको रुपमा म संगै हुनुहुन्छ म वहाँ कि राधाको रुपमा आँफूलाई पाउँछु, कृष्ण भजन मात्र होइन हरेक भजनमा म सोहि रुपमा गहिराईमा डुब्छु, मातारानीका भजनहरु गाउँदा माता रानी म आँफू संगै रहनु भएको महशुष गर्छु, शिव ताण्डव भजनमा शिव जी लाई मेरै अगाडि ताण्डव नृत्यमा पाउँछु, भगवान र माता रानीको म प्रतिको कृपा रहेको मैले महशुष गर्ने गर्दछु ।
श्री कृष्ण अष्टमी विशेष अवसरमा सार्वजानिक भएको भजनको सन्दर्भमा इमेज एफ.एम. ९७.९ को प्रस्तुति मेची देखि महाकाली सम्म मा प्रस्तोता हरिराम पौडेल संगको विशेष अन्तर्वार्तामा उत्तम विचार भेटुवालले यो विशेष अवसरमा ‘हरे कृष्ण’ भजन सार्वजनिक हुनु आफ्नो लेखन यात्राको एउटा महत्वपूर्ण अवसर भएको बताएका छन् । उनी भन्छन् ‘धेरै गीत, गजलहरु सार्वजनिक भए पनि भजन भने यो नै पहिलो भएकोले म अझै उत्साहित छु, श्री कृष्ण प्रति आफ्नो हृदयको गहिराईमा उब्जेका भावलाई शब्दको रूप दिएर श्रीकृष्ण भक्तिगान बनेको र त्यस दिव्य कृष्ण भजनमा संगीत र सुमधुर स्वरले प्राण भर्ने काम श्रद्धेय गायिका तथा संगीतकार बबिना भट्टराई ज्यूले गर्नु भयो, जसको स्वरमा भक्ति छ, माधुर्य छ, एक अदृश्य आध्यात्मिक स्पर्श छ जसले गर्दा मेरा शब्दहरुले नयाँ जीवन पाएका छन् । यो कृष्णअष्टमी मेरा लागि केवल एक पर्व मात्र नभई जीवनकै एउटा अविस्मरणीय क्षण बनेको छ, यो अनमोल अवसरका लागि म गायिका तथा संगीतकार बबिना भट्टराईप्रति कृतज्ञता सहित आभार व्यक्त गर्दछु । अव यो कृष्ण भजन सार्वजनिक भएर संसारसँग बाँडिएको छ, लाखौ भक्तजनहरुले श्रवण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, यो अलौकिक दिव्य अवसरको लागि गायिका तथा संगीतकार बबिना भट्टराई, बैकुण्ठ प्रधान तथा भजन सम्वद्ध सम्पूर्ण टिम प्रति श्रद्धाभाव व्यक्त गर्दछु ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव, शिव ताण्डव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |