Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

माओवादी केन्द्र पनाैतीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रभातफेरी अनलाइन २६७ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र १, आईतबार (७ महिना अघि)
माओवादी केन्द्र पनाैतीकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चाेक/  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनौती नगर समितिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। वैचारिक र संगठनात्मक सुदृढीकरणलाई लक्षित गरेर गरिएको यस प्रशिक्षणमा विभिन्न विषयका विशेषज्ञ प्रशिक्षकहरूले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अध्यक्षता नगर समिति अध्यक्ष हस्त ब. तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला इञ्चार्ज तेज बहादुर मिजार रहनुभएको थियो। कार्यक्रममा बागमती प्रदेश सभाको सांसद क.रुकु चौलागाईं, बागमती प्रदेश सचिव क. छिन्ताङ, जिल्ला संयोजक भोला अर्याल, नगर इञ्चार्ज होम बहादुर खुलाल र जिल्ला सदस्य रमेश हुमागाई लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै प्रशिक्षणले पार्टी कार्यकर्ताको वैचारिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम सञ्चालन नगर समिति सचिव क. बुद्ध लामाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगर समिति उपाध्यक्ष सन्त ब. तामाङले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा दर्शनशास्त्रदेखि लिएर राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, संगठनात्मक अभ्यास, राज्य सत्ता र आधुनिक सुचना प्रविधिसम्मका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिइएको थियो। जसमा क. रघुनाथ सुवाल : दर्शनशास्त्र, क. दैवलाल घिसिङ (अनुशील) : राजनीतिक अर्थशास्त्र, मार्क्सवादी अर्थशास्त्र, विश्व र समाजवादी व्यवस्था, क. कृष्ण अधिकारी : वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, क. विनोद घिसिङ : कम्युनिष्ट संगठन र संगठनात्मक अभ्यास, क. तारा राना तिमल्सिना : राज्य सत्ता, सरकार सञ्चालन र उत्पादन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा करिब ९५ जना प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रशिक्षणलाई अत्यन्तै उपयोगी र समयानुकूल भएको बताउँदै यस्ता कार्यक्रमले पार्टीप्रति आस्था र जिम्मेवारी थप प्रगाढ बनाउने धारणा राखेका थिए।

आयोजक नगर समितिका अनुसार, प्रशिक्षणले कार्यकर्तामा वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रविधिको उपयोगबारे व्यावहारिक समझ बढाउने अपेक्षा गरिएको छ। साथै, पार्टीको कार्यदिशा, समाजवादी आन्दोलनको महत्व र आधुनिक डिजिटल प्रविधिको प्रयोगमार्फत संगठनलाई जनस्तरसम्म पु¥याउने रणनीति पनि प्रशिक्षणमार्फत प्रस्तुत गरिएको थियो।

नगर समितिको अध्यक्ष हस्त ब. तामाङले समापन मन्तव्य दिँदै, पनौती नगर समितिले आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा वैचारिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0