logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

विपद्को पिडामा मलहमपट्टी गर्दै रेडक्रस

प्रभातफेरी अनलाइन२५१ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार(८ महिना अघि)
विपद्को पिडामा मलहमपट्टी गर्दै रेडक्रस

काभ्रेपलाञ्चोक/ जहाँ विपद् त्यहाँ रेडक्रसको मूल नारालाई सार्थक रुपमा प्रयोग गर्ने क्रममा आश्विन १७ र १८ गतेको अविरल वर्षा पश्चात घरबार बिहिन हुन पगेका परिवारहरुका लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले घटना स्थलमै पुगि आवश्यक राहत वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जनाए अनुसार अविरल वर्षा पश्चात पनौती नगरपालिका वडा नं. १० निवासी चनमती पहरी, धुलिखेल नगरपालिका वडा नं. ११ निवासी मानबहादुर तामाङ र चट्याङका कारण घरमा आगोलागी भई आवास विहिन भएका राजु सापकोटाको परिवारलाई १–१ सेट राहत सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख त्रिरत्न राजवहाकले जानकारी दिनुभएको छ । अविरल वर्षाले जिल्लाका दर्जनौं परिवारहरु आवासविहिन हुन पुगेको र यथार्थ तथ्याङ्क आउन अझै समय लाग्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।