Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न

प्रभातफेरी अनलाइन ४० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ९, बुधबार (३ महिना अघि)
स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ ।
पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा बिहान १० बजेदेखि ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श र औषधी लिएर लाभ लिनुभयो । स्वास्थ्य जाँचका क्रममा धेरै जना जेष्ठ नागरिकमा उच्च रक्तचापजस्ता रोगहरु रहेको चिकित्सकहरुले बताउनुभयो ।

शिविरमा डा संकल्प केसी, डा अनिल पोखरेललगायतले स्वास्थ्य जाँच तथा परामर्श दिुनभएको थियो । पुस्तान्तरण नेपाल नेपालका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । काठमाडौं उपत्यकाबाहिर पुस्तान्तरण नेपालको यो पहिलो स्वास्थ्य शिविर हो । यसअघि संस्थाले गत वैशाख १३ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा ९ स्थित सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६० वर्ष भन्दामाथिका ६० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दै लाभ लिनुभएको थियो । त्यसैगरी कीर्तिपुर नगरपालिकाको वडा नं ६ चारघरेमा कात्तिक २९ गते भएको शिविरमा १०० जना जेष्ठ नागरिकले सेवा लिनुभएको थियो । पुस्तान्तरण नेपालले काठमाडौंको शंखपार्क, ललितपुरको युएनपार्क र बुढानिलकण्ठको बुढानिलकण्ठ मन्दिर परिसरमा पनि यस्तो शिविर सम्पन्न गरिसकेको छ ।


सम्मानित बुढ्यौली निर्माणको लागि कार्यरत संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गरिरहेको छ । भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनको लागि ज्येष्ठ नागरिक भिलेजसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । पुस्तान्तरण नेपालका सदस्य तथा उनीहरुका परिवारले पुस्तान्तरण नेपालसँग सम्झौता भएका अस्पतालमा सेवा प्राप्त गर्नको लागि छुट पाउनुका साथै झण्झटरहित सेवा प्राप्त गर्नुहुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0