
प्रभातफेरी अनलाइन ६२८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २२, मंगलबार (३ हफ्ता अघि)
“Love sharing to the community” भन्ने मुल नाराका साथै विविध कार्यक्रम आयोजना गरि नर्सिङ डिपार्टले कृसमस डे मनाएको छ । शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको नर्सिङ क्लस्टरले बनेपा नगरपालिका वडा नम्बर ५ काबस्ति बस्तिमा पुगेर माया बाँडफाँड कार्यक्रम सञ्चालन गरेको हो । जसले समुदायका सदस्यहरूको लागि वयस्क सामान्य स्वास्थ्य जाँच प्रदान ग¥यो र खाजा प्याकहरू सहित व्यक्तिगत आवश्यकता अनुसार आवश्यक औषधिहरू वितरण गरेको छ । यश किसिमको पहलले समुदाय स्वास्थ्य र दयालु सेवाप्रति SMAH को निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित रुपमा आफुलाई समाजमा उभ्याउन सफल भएको अनुभुत गराएको छ ।
क्रिसमस, डिसेम्बर २५ मा मनाइने येशु ख्रिष्टको जन्मदिनको अवसरमा मनाईने पर्व हो, जुन इसाई धर्मावलम्बीहरूको मुख्य चाड भएपनि अहिले नेपालमा सबै धर्मका मानिसहरूले मनाउँछन्, जसमा चर्चमा जाने, उपहार साटासाट गर्ने, मीठो खाना खाने, परिवारसँग जमघट गर्ने र शुभकामना आदानप्रदान गर्ने जस्ता चलन छन्, र यसले विश्वभरि खुसी र एकताको सन्देश फैलाउँछ भन्ने विश्वाश बढ्दै गएको परिप्रेक्ष्यमा शिर मेमोरियल एड्भेन्टृच अस्पताल अन्तरगत नर्सिङ डिपार्टले पनि लभ सेरिङ्ग कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
क्रिसमस पर्वका बारेमा प्रकाश पार्दै नर्सिङ डाइरेक्टर उमा थापा भन्नू हुन्छ – एक नेपाली दृष्टिकोणमा भन्ने हो भने क्रिसमस विश्वभरका मानिसहरूले, विशेषगरी इसाई धर्मावलम्बीहरूले, येशु ख्रिष्ट (Jesus Christ) को जन्मदिनको उपलक्ष्यमा मनाउने एक महत्वपूर्ण पर्व हो । यो हरेक वर्ष डिसेम्बर २५ तारिखमा पर्छ र नेपालमा पनि यस दिन सार्वजनिक बिदा हुन्छ र ठूलो धूमधामका साथ मनाइन्छ । यसको इतिहास र महत्व हेर्ने हो भने येशु ख्रिष्टको जन्मको सम्झनामा यो पर्व मनाइन्छ । पश्चिमबाट सुरु भए पनि अहिले यो पर्व विश्वव्यापी भइसकेको छ र गैर–इसाईहरूले पनि यसलाई खुसीसाथ मनाउँछन् । यसले प्रेम, शान्ति, सद्भाव र एकताको सन्देश दिन्छ ।

नेपालमा क्रिसमसका चलन
धार्मिक गतिविधिः मानिसहरू चर्चमा जान्छन्, प्रार्थना गर्छन् र विशेष कार्यक्रमहरूमा भाग लिन्छन्।यो पर्वका बारेमा भन्नू पर्दा सनातन धर्मावलम्बीको दशैं तिहार कै झझल्को किसिमको छ जसरी सनातन धर्मावलम्बीलेहरु साजसज्जा वट गरेर खुशी साटासाट गर्छन् इसाई धर्मावलम्बीहरुले पनि सोही अनुरुप सजावटः घरहरू, बजारहरू र चर्चहरूलाई बत्ती, क्रिसमस ट्री र अन्य सजावटका सामग्रीले सजाइन्छ । उपहार र शुभकामनाः परिवार र साथीभाइले एकअर्कालाई उपहार दिन्छन् र ‘मेरी क्रिसमस’ (Merry Christmas) वा ‘शुभकामना’ भनी शुभकामना आदानप्रदान गर्छन् त्यसैको स्मरण गर्दै नर्सिङ डिपार्टले पनि बिगत देखि मनाउदै आएको हुँदा अझ परिकृस्त गरेर मनाउदै छौं । खानपान र जमघटः विभिन्न परिकारहरू तयार पारिन्छन् र आफन्त, साथीभाइ जम्मा भएर खुसी साट्छन् ।
सेवाभावः केही मानिसहरूले सडकमा रहेका व्यक्तिहरूलाई खाना खुवाउने जस्ता परोपकारी कार्यमा पनि भाग लिन्छन् ।
क्रिसमस केवल एक धार्मिक पर्व नभई, यो मानिसहरूलाई एकसाथ ल्याउने, प्रेम बाँड्ने र नयाँ जोसका साथ नयाँ वर्षको स्वागत गर्ने एक उत्सव हो । क्रिसमस – विकिपिडिया क्रिसमस ईसाइहरूको चाड र नेपालमा सार्वजनिक बिदा हुने दिन क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा नेपालमा ‘क्रिसमस डे’ को परम्परा र इतिहास कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल इलाकामा मनाइने क्रिसमस पर्व आज विश्वभरी मनाउने गरिन्छ ।
यो हरेक साल डिसेम्बर २५ का दिन मनाउने गरिन्छ । क्रिसमस इर्साईहरुको सबैभन्दा ठूलो पर्व हो । इर्साई समुदायको मानिस यस पर्वलाई धेरै धूमधाम र उल्लासको साथ मनाउछन् । यो पर्व हरेक वर्ष २५ डिसेम्बरको मनाउने गरिन्छ । यही दिन प्रभु इसा मसीह जीसस क्राइस्टको जन्म भएको थियो ।
जीसस क्राइस्ट एक महान व्यक्ति थिए र उहाँले समाजलाई माया र मानवियताको शिक्षा दिए । उहाँले दुनियाको मानिसहरुलाई प्रेम र भाईचाराको साथ रहनलाई सन्देश दिएका छन । इश्वरको एक्लो प्यारो पुत्र मान्ने गरिन्छ । त्यस समयको शासकहरुको जीससको सन्देश मन परेको थिएन उनीहरुले जीससको सूलीमा झुण्डाएर मारेका थिए । यस्तो मान्यता छ कि जीसस पुनः बाँची उठेका थिए । क्रिसमसको दिन इर्साई मानिस आफनो घरलाई मज्जाले सजाउँछन् । क्रिसमसको तयारीहरु पहिलेदेखि नै हुन थाल्छ । लगभग एक हप्ता सम्म छुट्टी रहन्छन् । बजारहरुको रौनक बढछ । घर र बजार रंगीन रोशनीहरुले जगमगाइ उठछन् ।
चर्चमा विशेष प्रार्थनाहरु हुन्छ । मानिस आफनो नातेदारहरु एवं मित्रहरु सँग मिल्नेउनको घर जान्छन् । सबै एक अर्कोको उपहार दिन्छन् । यस दिन आंगनमा क्रिसमस ट्री लगाउने गरिन्छ । इसलाई विशेष सजाउने गरिन्छ । यस पर्व मा केकलाई विशेष महत्व छ । मीठो, मनमोहन केक काटेर खिलानेको परम्परा धेरै पुरानो है । मानिस एक अर्कोको केक खिलाकर पर्व की बधाई दिन्छन् ।
सांताक्लाजको भेष लगाएर व्यक्ति बच्चाहरुको टृफी उपहार आदि दिने चलन अनुसार शिर मेमोरियल अस्पतालले कार्यक्रम गर्दै आएको हो । यो बर्ष नर्सिङ डिपार्टले सामान्य स्वास्थ परिक्षण देखि वृद्ध वृद्वा र बालबालिकाहरु माझ खानपिन राहत प्याकेज उपलब्ध गराएर नयाँ सन्देश दिनखोजेको आभास मिलेको प्रतिक्रिया नर्सिङ इन्चार्ज कृष्ण माया श्रेष्ठ को छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |