Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

प्रभातफेरी अनलाइन १०७ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ ११, शनिबार (१ हफ्ता अघि)
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

कास्की / आगामी माघ १६ र १७ गते धुलिखेल नगरपालिकाको सभाहल, धुलिखेल–काभ्रेमा आयोजना हुने लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले पोखरेली लायन्सलाई विशेष निमन्त्रणा गरिएको छ।

तेस्रो क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक धीरज श्रेष्ठले पोखरा आइ पोखरा क्षेत्रका लायन्स लिडरहरूलाई प्रत्यक्ष निमन्त्रणा दिएका थिए। उल्लेख्य सहभागितामार्फत कार्यक्रमलाई सफल बनाउँदै आयोजकको हौसला बढाउने उद्देश्यले पोखरा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको श्रेष्ठले बताए।

“तयारी तीव्र गतिमा अघि बढिरहेको छ। तयारीकै क्रममा पोखरा क्षेत्रमा रहेका लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लिडरहरूलाई विशेष निमन्त्रणा दिन पोखरा आएका हौं,” संयोजक श्रेष्ठले भने।

तेस्रो क्याबिनेट मिटिङ मेन्टर भोला थापा तथा कार्यक्रम संयोजक डिष्ट्रिक्ट को–अर्डिनेटर धीरज श्रेष्ठको संयोजकत्वमा सम्पन्न हुन लागेको हो। बैठकको आयोजना काठमाडौं र काभ्रेका विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा गरेका छन्।

 

बैठक आयोजना गर्ने क्लबहरूमा लायन्स क्लब अफ काठमाडौं रञ्जना, काठमाडौं रक्तदाता समूह, काठमाडौं टेम्पल पिस काभ्रे, काठमाडौं पूर्व क्षितिज काभ्रे, काठमाडौं माँ चण्डेश्वरी, काठमाडौं बेथानचोक, काठमाडौं इन्द्रेश्वर, काठमाडौं काभ्रे गोसाइँस्थान तथा लायन्स क्लब अफ काठमाडौं काभ्रे नमोबुद्ध रहेका छन्।

डिष्ट्रिक्टका पदाधिकारी तथा सम्पूर्ण लायन्स सदस्यहरूको गरिमामय उपस्थिति र सक्रिय सहभागिताले बैठकलाई प्रभावकारी र सफल बनाउने विश्वास आयोजक क्लब लायन्स क्लब अफ काठमाडौं रक्तदाताका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट चिफ केदार न्यौपानेले व्यक्त गरे। लायनवादको सेवाभावलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस महत्वपूर्ण बैठकलाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग अपेक्षित रहेको न्यौपानेले बताए।

मिटिङका लागि आवश्यक तयारी द्रुत गतिमा अघि बढिरहेको जानकारी रजिष्ट्रेशन उप–समिति संयोजक तथा लायन्स क्लब अफ काठमाडौं रञ्जनाका पूर्व अध्यक्ष, डिष्ट्रिक्ट एरिया को–अर्डिनेटर पूर्ण कार्कीले दिए।

“कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न हामी जुटिरहेका छौं,” उनले भने।

उनका अनुसार क्याबिनेट मिटिङलाई सबै हिसाबले उत्कृष्ट बनाउने लक्ष्यका साथ रजिष्ट्रेशन उप–समितिले काम अघि बढाएको छ। प्रि–रजिष्ट्रेशनका लागि बाग्मती र गण्डकी क्षेत्रका एरिया को–अर्डिनेटरहरूलाई जिम्मेवारी प्रदान गरिएको छ।

संयोजक श्रेष्ठले सहभागिताका लागि सबैलाई निमन्त्रणा दिँदै भने, “यो कार्यक्रम काठमाडौं र काभ्रेका नौ क्लबहरूले आयोजना गरेको भए पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको साझा कार्यक्रम हो। त्यसैले सबै लायन्स सदस्यहरूलाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दछौं।”

बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरूले हालसम्म सम्पादन गरेका कार्यक्रमहरूको समीक्षा, आगामी योजना तथा संगठनात्मक विषयहरूमा व्यापक छलफल हुने जनाइएको छ।

दुई दिनसम्म चल्ने यस बैठकले डिष्ट्रिक्टको संस्थागत क्षमता सुदृढीकरण, सामाजिक सेवाका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह, व्यापार–व्यवसायमा गतिशीलता, पर्यटन प्रवर्द्धन तथा समग्र जिल्लाको प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। काभ्रे जिल्लामा पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा साहसिक पर्यटनको ठूलो सम्भावना रहेकाले यस बैठकले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर युवराज खनालको अध्यक्षता तथा डिष्ट्रिक्ट एडिशनल सेक्रेटरी ज्ञानबहादुर रानाको सञ्चालनमा सम्पन्न तयारी भेलामा निवर्तमान डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाप्रमुख अतिथि तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए।तयारी भेलामा पोखरा क्षेत्रका लायन्सका वरिष्ठ लिडरहरू तथा क्लब अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर ढुंगानाले काभ्रे क्षेत्रमा लायन्सको ब्रान्डिङका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै क्लब अध्यक्षहरूलाई प्रि–रजिष्ट्रेशन गर्न अनुरोध गरे।

द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर भट्टराईले पोखरा क्षेत्रका सम्पूर्ण क्लबहरूको साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै क्लब सदस्यहरूको उल्लेख्य सहभागितामार्फत फेलोसिप सुदृढ गर्ने अवसरको सदुपयोग गर्न सुझाव दिए।

त्यसैगरी, डिष्ट्रिक्ट चिफ एडभाइजर विष्णु प्रसाद भण्डारीले अधिकतम रजिष्ट्रेशन गरी आयोजकलाई हौसला प्रदान गर्न आग्रह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित

    सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0