logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

प्रभातफेरी अनलाइन३४९ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र ७, शनिबार(२ महिना अघि)
काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका महिला र युवा उद्यमीहरूलाई लक्षित गर्दै Nepalese Young Entrepreneurs’ Forum काभ्रेले विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।


कार्यक्रममा काभ्रेका महिला उद्यमीहरू तथा NYEF का सदस्यहरूको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रमको मुख्य उद्देश्य महिला उद्यमीहरूलाई मार्केटिङ सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, कर (Tax) सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने तथा महिला उद्यमी सशक्तिकरणमा टेवा पुर्‍याउने रहेको आयोजकले जनाएको छ।
NYEF काभ्रेका अनुसार यस प्रकारका कार्यक्रमले महिला उद्यमीहरूलाई व्यवसाय विस्तार, कानुनी प्रक्रियाको समझ र बजार व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, सहभागीहरूबीच अनुभव आदान–प्रदान र नेटवर्किङको अवसर समेत सिर्जना हुने बताइएको छ।

उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहको छ, जसले उद्यमीहरूका जिज्ञासा समाधान गर्दै व्यावहारिक सुझाव प्रदान गरेको छ।

कार्यक्रम मार्च २० तारिखमा Hotel Himalayan Horizonमा दिउँसो ४:०० बजेदेखि सञ्चालन भएको थियो ।
कार्यक्रमको प्रस्तुति पुर्व अध्यक्ष ज्योत्सना सैंजुले गर्नभएको छ भने
वक्तामा अजय थापा र सुनिल श्रेष्ठ हुनुहन्थ्यो भने कार्यक्रमको समापन अध्यक्ष आसिश हुमागाईले गर्नुभएको छ ।