logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

प्रभातफेरी अनलाइन४३२ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १२, बिहिबार(२ महिना अघि)
सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

काभे/ पछिल्लो समय अभिभावकमा सामुदायिक विद्यालयप्रती मौलाएको नकारात्मक सोचाइका बारेमा टिप्पणी गर्दै तपेश्वर माध्यमिकविद्यालयका प्राचार्य सुरेन्द्र पौडेलले सामुदायिक विद्यालय प्रती समाजमा ब्याप्त नकारात्मक सोच परिवर्तन नभई जति नै कठोर नितिनियम बनाए पनि कुनै अर्थ नराख्ने अभिव्यक्ति दिनु भएको छ ।


विद्यालयमा आएको स्वास्थ सम्बन्धित सचेतता कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै प्र.अ.पौडेलले ADVENTIST COMMUNAL EDUCATION MINISTRY नामक मानवीय सेवा संस्थाले मानवको भलाइका लागि निःस्वार्थ रूपमा गरिने सेवा वा सहयोगलाई कसरी समाज प्रती समर्पित हुन्छ भन्ने उदाहरण पेस गरेको छ । मानवीय रुपमा दुःख, संकट, विपत्ति वा आवश्यकतामा परेका मानिसलाई सहयोग गर्ने अटल उद्देश्य कस्तो हुन्छ पेश गरेको छ । संस्थाले आफुलाई समाजप्रति निःस्वार्थता – कुनै व्यक्तिगत फाइदा नहेरी सेवा गर्नु, करुणा र सहानुभूति – अरूको दुःख बुझ्ने र मद्दत गर्ने भावना, समाज सेवा – समाजलाई सकारात्मक दिशामा लैजाने योगदानलाई लिन सकिने नमूना देखाएको छ ।, संस्थाले भबिश्यमा विपद् (जस्तै भूकम्प, बाढी) मा राहत वितरण, गरीब, असहाय वा बिरामी व्यक्तिलाई सहयोग, शिक्षा, स्वास्थ्य वा खाद्यान्न सहयोग कार्यक्रमलाई प्राथमिक तामा राखेको छ । यी र यस्ता कार्यले कति अर्थ राख्छ,रक्तदान, स्वयंसेवा (volunteering) किन महत्त्वपूर्ण छ? यी नै बिषयमा मानवीय सेवाले समाजमा एकता, सहयोग र मानवता बढाउँछ। यसले कमजोर वर्गलाई सहारा दिन्छ र सबैलाई समान अवसर पाउन मद्दत गर्छ। सोही उदेश्यलाई पछ्याउँदै “स्वास्थ र शिक्षा हरेकको अधिकार ” भन्ने मुल नारा लिएर सेवामा समर्पित ADVENTIST COMMUNAL EDUCATION MINISTRY नामक संस्थाले काभ्रे जिल्लाको बिकट मानियको क्षेत्रमा रहेको तपेश्वर माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य सम्बन्धित बिबिध कार्यक्रम गरेर छुट्टै पहिचान छोड्न सफल भएको विद्यालयका प्राचार्य सुरेन्द्र पौडेलले खुलासा गर्नु भएको छ ।

हाम्रो समाजमा पढ्नु पर्छ भन्ने चेतना हराउदै गएको परिवेशमा ADVENTIST COMMUNAL EDUCATION MINISTRY नामक संस्थाले जुन जमर्को गरेको छ त्यो अत्यन्तै सहार्णिय कार्यभएको बिधालय परिवारले महसुस गरेको छ । यस किसिमका कार्यले सामाजिक सघंसस्था प्रती समाजको हेर्ने दृस्ठिकोणमा नै परिवर्तन गराउने धारणा राख्दै पछिल्लो समय स्थानीयको सामुदायिक विद्यालयप्रतीको हेराई नै नकारात्मक भएकोछ भन्दा फरक पर्दैन ! किन कि समुदायले अपनत्व ग्रहण गरि दिएको भए आज सामुदायिक विद्यालयको यो दुर्दशा हुने थिएन ! त्यसैले सरकारले जति सुकै राम्रा नीति ल्याओस ग्रहण गर्ने समाज सकारात्मक भएन भने केही फरक पार्दैन । जब सम्म समाजले सामुदायिक विद्यालय प्रती अपनत्व ग्रहण गर्दैन तब नितिनियम बनेर केही हुन्न ! यस्तो संघिन अवस्थामा ADVENTIST COMMUNAL EDUCATION MINISTRY नामक संस्थाले यस्ता चेतनामूलक कार्यक्रम मात्र होइन मानवीय जिवनमा प्रत्यक्ष सरोकार राख्ने ब्लड ग्रुपिङ्ग सेवा घरमै पाउनु हाम्रा बिद्यार्थिहरुका साथै हामी शिक्षक शिक्षिकालाई अनुकरणीय कार्यका रुपमा लिएका छौं !यसरी घरदैलो मै पुर्याएको सेवा प्रती मुक्तकण्ठले प्रशंसा गर्दछु भन्नू हुँदै प्राचार्य पौडेलले संस्थाले भाविदिनमा यस्तै किसिमका क्रियाकलाप गर्ने छ भन्ने अपेक्षा विद्यालयको रहेको बताउनु भएको छ ।

ADVENTIST COMMUNAL EDUCATION MINISTRY नामक संस्थाले स्वास्थ सम्बन्धित सचेतताका साथै सामान्य स्वास्थ परिक्षण र बिज्ञद्वारा रक्त समुह छुट्याउने काम सो अवधिमा गरेको थियो । उक्त कार्यलाई प्रविधिमा शिरमेमोरियल अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिक टोलिले स्वयंसेवकिय भुमिका खेल्नु भएको संस्थाका डाइरेक्टर खेम थापाले बताउनु भएको छ । उहाँका अनुसार छिटै मुलुकका ७७ वटै जिल्लामा पाइलट प्रोजेक्टका रुपम जाने उदेश्य लिएका छौ । जसको सुरुवात अहिले काभ्रेका ४ विद्यालयमा जाने क्रममा तपेश्वर माबिमा छौं भन्नू भयो । उक्त सेवाबाट विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र अध्यनरत बिद्यार्थिहरु लाभान्वित भएको विद्यालयपरिवारले बताएको छ ।