प्रभातफेरी अनलाइन१९९ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार(२ महिना अघि)
काठमाडौं — भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत मोदीले शुभकामना व्यक्त गरेका हुन्।
मोदीले आफ्नो सन्देशमा बालेन शाहलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोमा शुभकामना दिँदै, यो नियुक्तिले नेपाली जनताको विश्वास झल्काउने उल्लेख गरेका छन्।
त्यसैगरी उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै दुवै देशका नागरिकको हितमा सहकार्य अगाडि बढाउने इच्छा पनि व्यक्त गरेका छन्। मोदीले भविष्यमा नजिकबाट सहकार्य गर्न तयार रहेको जनाएका छन्।