logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

नेपालमा मनसुन आगमन फेरि ढिला, एलनिनोको प्रभावले केही दिन अझै पर्खिनुपर्ने

प्रभातफेरी अनलाइन७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(२ दिन अघि)
नेपालमा मनसुन आगमन फेरि ढिला, एलनिनोको प्रभावले केही दिन अझै पर्खिनुपर्ने

काठमाडौँ, नेपालमा यस वर्षको मनसुन आगमन अपेक्षाभन्दा ढिला हुने भएको छ। सामान्यतया जुन १३ मा मनसुन भित्रिने भए पनि यसपटक अझै नेपाल प्रवेश गर्न नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार भू–उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणले मनसुन सुरु हुन अझै केही दिन लाग्ने संकेत गरेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ। तर यसलाई मनसुनी वर्षा भने मानिएको छैन।

प्रवक्ता पोखरेलका अनुसार प्रशान्त महासागरमा विकसित भएको एलनिनो क्रमशः बलियो बन्दै गएको छ, जसका कारण दक्षिण एसियासहित नेपालको मनसुन आगमनमा असर पर्न सक्ने देखिएको छ। एलनिनोको प्रभावले मनसुन कमजोर हुने सम्भावनासमेत रहेको उनले बताइन्।

यसअघि पनि सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन ढिलो गरी नेपाल प्रवेश गरेको थियो।