logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

मनसुन विपद् व्यवस्थापनमा जनसुरक्षालाई प्राथमिकता दिइएको छ: गृहमन्त्री गुरुङ

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२ घण्टा अघि)
मनसुन विपद् व्यवस्थापनमा जनसुरक्षालाई प्राथमिकता दिइएको छ: गृहमन्त्री गुरुङ

काठमाडौं, गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा ‘मन्त्रीको निरीक्षणभन्दा जनताको सुरक्षा’लाई प्राथमिकतामा राखिएको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालनदेखि मोबाइल एपमार्फत पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने जस्ता उपाय अपनाइएको जानकारी दिए।

उनका अनुसार सम्बन्धित निकायले डोजर तथा उपकरणको अवस्थाबारे रियल–टाइम जानकारी दिने मोबाइल एप विकास गरेको छ, जसको सहयोगमा आवश्यक परेको स्थानमा तुरुन्तै सडक खुलाउने र उद्धार कार्य अघि बढाउन सकिनेछ।

गृहमन्त्री गुरुङले भने, “हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाएको छ, जसबाट डोजर कहाँ–कहाँ छन् भन्ने ठ्याक्कै थाहा हुन्छ। आवश्यक परे तुरुन्तै त्यो क्षेत्रमा परिचालन गरी बाटो खुलाउने व्यवस्था मिलाइएको छ।”