logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

तनहुँमा विशेष प्रहरी अभियान: १९ शंकास्पद पक्राउ, ९ जनामाथि अनुसन्धान जारी

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२ घण्टा अघि)
तनहुँमा विशेष प्रहरी अभियान: १९ शंकास्पद पक्राउ, ९ जनामाथि अनुसन्धान जारी

काठमाडौं, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका इकाइहरूले सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण रोकथाम, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण र प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोक्ने उद्देश्यले सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत जिल्लाका संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुन सक्ने स्थानहरूमा निगरानी र जाँचलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले शान्ति सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने र नागरिकमा सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यस्ता अभियान नियमित रूपमा सञ्चालन भइरहेको बताएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको र बाँकीको कानुनी प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै, जिल्लामा लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अवैध दोहन नियन्त्रणलाई प्राथमिकतामा राखी निगरानी थप कडा पारिएको प्रहरीको भनाइ छ। समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रणलाई सुदृढ बनाइने पनि जनाइएको छ।

प्रहरीले कुनै पनि शंकास्पद गतिविधि वा अवैध कार्यबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।