logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

पासपोर्ट छपाइ अनियमितता प्रकरण: पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारको बयानका लागि बोलावट

प्रभातफेरी अनलाइन३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ४, बिहिबार(२ घण्टा अघि)
पासपोर्ट छपाइ अनियमितता प्रकरण: पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अख्तियारको बयानका लागि बोलावट

काठमाडौं, पासपोर्ट छपाइसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।

आयोगको टोलीले मंगलबार बूढानीलकण्ठस्थित राणाको निवासमा पुगेर म्याद टाँसेको हो। सूचनाअनुसार बाटोको म्यादबाहेक तीन दिनभित्र अख्तियारको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन भनिएको छ।

अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा उनको संलग्नताको आशंकासहित बयानका लागि बोलाएको जनाएको छ। उक्त विषयमा परेको उजुरीमाथि हाल प्रारम्भिक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।