logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

युक्रेनमा रुसी आक्रमण: तीन जनाको मृत्यु, २२ जना घाइते

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार(७ मिनेट अघि)
युक्रेनमा रुसी आक्रमण: तीन जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं, युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा २२ जना घाइते भएका छन्, जसमा बालबालिकासमेत रहेका छन्।

डिनिप्रोपेट्रोभ्स्क क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सान्दर गान्झाका अनुसार तीन जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु र नौ जना घाइते भएका छन्। निकोपोल जिल्लामा ७० वर्षीया एक महिलाको ज्यान गएको उनले जानकारी दिएका छन्।

त्यस्तै, पोल्टाभा क्षेत्रीय सैन्य प्रशासन प्रमुख भिटाली ड्याकिभ्निचका अनुसार शनिबार साँझ भएको रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये छ जना बालबालिका रहेका छन्।

रुस र युक्रेनबीच पछिल्ला हप्ताहरूमा हवाई आक्रमण तीव्र बन्दै गएको छ। सन् २०२२ फेब्रुअरीदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भएका कूटनीतिक प्रयासहरू प्रभावकारी नदेखिएको अवस्थामा दुवै पक्षबीच आक्रमणको श्रृंखला जारी छ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले रातभरि २३९ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ।