logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

सुन प्रतितोला २ लाख ८८ हजार ७०० पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(१ घण्टा अघि)
सुन प्रतितोला २ लाख ८८ हजार ७०० पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं, स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ४०० ले वृद्धि भई रु २ लाख ८८ हजार ७०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर रु ४ हजार ७३० पुगेको छ।

आइतबार सुन प्रतितोला रु २ लाख ८७ हजार ३०० र चाँदी रु ४ हजार ६९० मा कारोबार भएको थियो। त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला रु २ लाख ८६ हजार ७०० तथा चाँदी रु ४ हजार ६४० रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ४ हजार १८८ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।