logo
२०८३ अषाढ १४, आईतबार |
📰
🔍

घरपझोङ गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा याक–नाक वितरण

प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: ३ घण्टा अघि (३ घण्टा अघि)
घरपझोङ गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा याक–नाक वितरण

काठमाडौं, मुस्ताङको घरपझोङ गाउँपालिकाले हिमाली याक–नाक प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ।

गाउँपालिकाका अनुसार सङ्घीय सशर्त अनुदान र किसानको ५०–५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत याक–नाक पालनलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार गाउँपालिकाले ७ लाख ५० हजार रुपैयाँ र लाभग्राही किसानले पनि ७ लाख ५० हजार रुपैयाँ लागत व्यहोर्ने गरी कुल १५ लाख रुपैयाँमा याक र नाक खरिद गरी वितरण गरिएको हो।

शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरेका छन्। गाउँपालिकाले वितरण गरेका याक, नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले जानकारी दिए।

जिल्लाको प्रचलित दररेटका आधारमा मूल्य निर्धारण गरी खरिद गरिएका याक–नाक पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।