logo
२०८३ अषाढ १४, आईतबार |
📰
🔍

वामपन्थी एकतालाई अगाडि बढाऊँ : नेता खनाल

प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: २४ मिनेट अघि (२४ मिनेट अघि)
वामपन्थी एकतालाई अगाडि बढाऊँ : नेता खनाल

काठमाडौं, नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् ।

आज जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा भएको बताए ।

उनले समय र परिस्थितिले हिर्काउन थालेको भन्दै एकताको विकल्प नभएको बताए । उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन थाल्नुपर्ने बताए ।