प्रभातफेरी अनलाइन६ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
काठमाडौँ , सरकारले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकता दिएको भन्दै Nisha Mehtaले निःशुल्क अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने तयारी अघि बढाइएको बताएकी छन्।
यसका लागि Nepal Drugs Limitedसँग सहकार्य गरी सिधैँ खरिदको व्यवस्था अघि बढाइएको उनले जानकारी दिइन्।
मन्त्री मेहताले स्वास्थ्य बिमाअन्तर्गत रु २३ अर्बभन्दा बढी भुक्तानी भइसकेको उल्लेख गर्दै बाँकी दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन भइरहेको बताइन्।
साथै, सरकारी अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गरिएको, निजी अस्पतालले स्वीकृत शैयाको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको र स्वास्थ्य सेवामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई थप विस्तार गरिने जानकारी दिइन्।